बलेवा सेवा समाजले नयाँ वर्ष संगितिक साँझ गर्ने बलेवा सेवा समाज जापानले अंग्रेजि नयाँ वर्षको अवसरमा नयाँ वर्ष सांगितिक साँझ आयोजना गर्ने भएको छ ।

सुन्दर वलेवामा शिक्षा र स्वास्थ्यको सहयोगार्थ भन्ने नाराका साथ जनवरि ४ तारिखका दिन कार्यक्रमको आयोजना गरेको समाजले जनाएको छ ।

टोकियो स्थित खामेईदो साँस्कृतिक केन्द्रमा हुने सांगितिक साँझमा चर्चित गायिका अस्मिता अधिकारि र पछिल्लो समयका चर्चित गाएक बाबु कृष्ण परियारले प्रस्तुति दिने समाजका अध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो । परियारका कास्मिरे पच्छ्योरि, दमौलि लगाएतका गितहरु चर्चित रहेका छन् । जनवरि ४ तारिखमा हुने सांगितिक साँझका लागि तयारी तिव्र पारिएको कार्यक्रम संयोजक दिप पाठकले जानकारी दिनुभयो ।

कलाकारको भिजा लागि सकेको बताउदै पाठकले जापानमा रहेका सम्पुर्णलाई सांगितिक कार्यक्रममा उपस्थितिका लागि आग्रह गर्नुभयो । एक दशक भन्दा लामो समय देखि क्रियाशिल बलेवा सेवा समाज जापानले विगतमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रामा सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय