दिनेश थापा टोकियो
NYSC JAPAN द्वारा आयोजित ‘प्रथम भलिबल प्रतियोगिता’ को दुबै उपाधि घुम्टे युवा परिवार जापानलाई।
सिन्जुकु स्पोर्ट्स सेण्टरमा शुक्रवार सम्पन्न भएको भलिबल प्रतियोगितामा जापानमा भलिबल इतिहासमा पहिलो पटक सहभागि जनाएका ८ टिमलाई पछि पार्दै एकै संस्थाले प्रथम र द्वितीयका दुबै उपाधि घुम्टे युवा परिवार जापानले चुम्न सफल भएको हो ।
प्रथम टिमलाई नगद २,५५,५५५ येन, कप, मेडल र प्रमाणपत्र र त्यसै गरि द्वितीय टिमलाई १,५५,५५५ येन कप, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको आर्थिक संयोजक केशव सुवेदीले जानकारी दिए। यसै गरि प्रतियोगितामा TARAKHOLA FRIEND CIRCLE JAPAN र पर्वत समाज जापानले सान्त्वना स्थान प्राप्त गर्दै नगद ५५,५५५-५५,५५५ येन र प्रमाण हजार प्राप्त गरेको सुवेदीले बताए। दुबै विजेता र उपविजेता टिमले सान्त्वनाको स्थान हासिल गर्ने टिमलाईपछि पार्दै फाईनल सम्मको यात्रा तय गरेका थिए।
प्रतियोगितामा खेलाडीको हौसला स्वरुप उत्कृट ६ विधामा विजेता र उपविजेता टिमबाट विधागत पुरस्कार समेत राखिएको थियो जसमा अमृत मगर उत्कृष्ट डिफेन्डर, सुरेश थिङ उत्कृष्ट स्पाइकर, निलम सिंह उत्कृष्ट व्लकर, प्रकाश शेरचन उत्कृष्ट लिफ्टर, मनोज गौचन उत्कृष्ट सर्भर, दिनेश थापा उत्कृष्ट कोच र सर्वोत्कृष्ट खेलाडीको उपाधि धिरजसिंह ठकुरीले चुम्न सफल रहेको उपाध्यक्ष प्रकाश चन्द्र जोशीले बताए। खेल अवधि भरि निकै नै अनुशासन पुर्वक खेल प्रदर्शन गरि अनुशासित टिमको उपाधि भने चितवन समाज जापानले चुमेको थियो।

यस प्रथम पुरुष भलिबल प्रतियोगितामा आर्थिक सहयोग गर्ने सहयोग दाता र खेल अवधि भरि खेल संचालन गर्नका सहयोग गर्ने प्रवाधिकलाई मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान गरिनुको साथै जन्मभुमि र कर्मभूमिमा रहेर सामाजिक र खेलकुद क्षेत्रमा विशेष योगदान पुराएकोमा पुर्व राष्ट्रीय भलिवल खेलाडी तथा गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेत ज्यू, पश्चिमाञ्चल नेपाल भलिबल संघका संस्थापक अध्यक्ष तथा पुर्व भलिबल खेलाडी श्री गुरुङ ज्यू, NRNA JAPAN का सह-कोषाध्यक्ष राम थापा (काजी) ज्यू र यस कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व जसले आफ्नो जिवन नै समाज सेवामा समर्पित गर्नु भएका समादरणिय व्यक्तित्व गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष रोविन शेरचन ज्यूलाई पनि दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने कार्यक्रमको भव्य सफलताको शुभेच्छा प्रकट गर्दै EVENT PARTNER को भुमिका निर्वाह गरेको रोयल गार्डेन रेष्टुरेन्ट साथै TRAVEL PARTNER को भुमिका निर्वाह गरेको TRAVEL INQUIRY लाई समेत विशेष सम्मान गरिएको सचिव भिक्टर ठाडा मगरले बताए।
शुभकामना मन्तव्यको क्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा प्रमुख अतिथि समेत रहनु भएका रोविन शेरचन ज्यूले संघले जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी दर्शक र विभिन्न संध संथा बिचमा समन्वय, साझेदारी एवम् सरकार्यको वातावरण सिर्जना गरि रचनात्मक समाज निर्माण गर्नमा पनि सबै लाग्नु पर्ने बताए त्यसै गकि विशिष्ठ अतिथी गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्नु का साथै पवित्र उदेश्य सहित आयोजना गरिएको यस कार्यक्रम निकै व्यस्थित तबरबाट सपन्न गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसरिनै कार्यक्रम गर्नका लागि शुभेच्छा सगै आफु पनि सगै हातेमालो गर्न पाऊदा खुसी व्यक्त गरे।

शुभकामना कै क्रममा घुम्टे युवा परिवार जापानका अध्यक्ष दिनेश थापाले यस प्रतियोगितामा आफुले नेतृत्व गरेको संस्था घुम्टे युवा परिवार जापानले दुई टिम सहभागि बनाएर दुबै टिमलाई बिजेता र उप बिजेता बनाउन पाएको मा खुसी व्यक्त गर्दै जापानमा पहिलो पटक यसरि परोपकारी र पवित्र उदेश्य लिएर आयोजना गरिएको कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै यस्ता किसिमका प्रतियोगितमा जापानमा रहेका सबै संघ संस्था र क्लवहरुले एक आपसमा सत्भाव क़ायम गर्दै साथ सहयोग गर्दै जापानको नियम र अनुसासन भित्र रहेर नेपाली समुदाय प्रति कुनै किसिमको आँच नआउने गरि प्रतियोगिता गर्नु पर्ने ध्यान दिनुपर्ने बताए।
“खेलाडि मान होईन सम्मान हो, खेलकुद शान होईन हाम्रो पहिचान हो” भन्ने भावनालाई आत्मसाथ गर्दै नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चात्कालीन अवस्थामा त्यसको उपचार गराई रहनुभएका भलिबल खेलाडिहरुलाई उपचारमा सहयोग गर्ने उदेश्य तथा विदेशि भुमिमा पनि खेलकुदको माध्यमबाट आपसि सद्धभाव सुमधुर तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षक प्रवर्द्धन गर्दै विदेशी भुमिमा रहेका भलिबल खेलाडीहरुको हौसला वृद्धि गर्ने मुख्य उदेश्य सहित हाम्रो NYSC JAPAN ले आयोजना गरेको प्रथम कप पुरुष भलिबल प्रतियोगिता-२०२४ भव्य रुपमा सफल पार्न सहयोग गर्ने सबैमा संस्थागत अध्यक्ष बसन्त थापाले धन्यवाद समेत प्रकट गरे।
कार्यक्रममा उद्घघाटन खेल अध्यक्ष बसन्त थापाले भलिबललाई मुख्य रेफ्री र सहायक रेफ्रीलाई हस्तान्तरण गरेर खेल संचालन गरिएको थियो। त्यसै गरि फाईनल खेल भने उपस्थित प्रमुख अतिथि र अतिथिबाट दुबै टिमका खेलाडिलाई परिचय पछाडि खादा लगाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै भलिबललाई प्रमुख अतिथि रोविन शेरचन ज्यूबाट रेफ्रीहरुको टिमलाई बल हस्तान्तरण गरि खेलको सुरुवात गरिएको थियो।
विभिन्न संघ संस्थाको उपस्थिति रहेको प्रतियोगिताको औपचारिक कार्यक्रम क्लवका अध्यक्ष बसन्त थापाको अध्यक्षता गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष रोविन शेरचन ज्यूको प्रमुख आथित्यतामा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रमको संचालन सचिव भिक्टर ठाडा मगरले गरेका थिए।





