टोकियो – जापानको फुकुओकामा मृत्यु भएका दोलखाका २२ वर्षीय विवेक चिमोरियाको परिवारलाई ग्लोबल फोरम जापानले आर्थिक सहयोग गरेको छ ।

ग्लोबल फोरम जापानले नेपाली ८५ हजार ७ सय ८८ रुपैयाँ मृतकका परिवारलाई सोमबार हस्तान्तरण गरेको संरक्षक धन बहादुर बि.कले जानकारी दिनुभयो ।

नेपाल दोलखा जिल्ला गौरीशंकर गाउंपालिका वडा नंवर २ जुगु घर भएका चिमोरिया जापानको फुकुओकामा जापानी भाषा अध्ययनरत चिमोरियाको गत असार १९ गते आफ्नै कोठामा हृदयघातका कारण मृत्यु भएको थियो ।

ग्लोबल फोरम, जापानले सहयोग रकम जेएमइमार्फत रेमिट्यान्स गरी नेपाल पठाएको थियो । सो रकम पठाउदा ग्लोबल फोरमका संरक्षक धन बहादुर बि.क, अध्यक्ष मुना सुनार, उपाध्यक्ष सरिता बराईली, कोषाध्यक्ष सोम बि.क., सदस्य सुजन सुनारको उपस्थिति रहेको थियो ।

उक्त रकम सोमबार मृतकको दाजु मधु चिमोरियालाई हस्तान्तरण गरिएको थियो । मानवीय सेवा कार्यका लागि भन्दै जेएमईले रेमिट्यान्स सेवा शुल्क मिनाहा गरेको बताईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय