“प्ये म्हस्यां छ्या म्हमु,छ्या म्हस्यां ल्हु म्हमु,ल्हु म्हस्यां म्ही म्हमुं” भन्ने कथनलाई प्रमुख नारा बनाएर  गुरुङ समाज जापान”को पहिलो क्षेत्रिय अधिवेशन हुने भएको छ ।

हामीले कला संस्कारलाई संरक्षण गर्दै भावि नयां पुस्तालाई समेत आफ्नो पहिचान हस्तान्तरण गर्नु पर्दछ। यो नै अबको युवा पुस्ताको प्रमुख कार्यभार हो भन्ने हेतुले जापानमा रहनु भएका तमाम् गुरुङहरुलाई समेट्दै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सम्पुर्ण गुरुङ लाई अपनत्व महशुस हुने गरी “गुरूङ समाज क्षेत्रिय समिति सेन्दाई“ स्थापना गर्न लागेको तदर्थ कमिटीका सचिव अस्मिता गुरुङले बताए ।

क्षेत्रिय अधिवेशन सम्पन्न पार्न स-शक्त एवमं जुझारू युवा अमर गुरुङ को संयोजकत्वमा तदर्थ कमिटी तय गरेको छ ।
हाम्रो जस्ता संघिय लोकतान्त्रिक गणतन्त्रिक मुलुकमा बहुजाती , बहुभाषीक, बहुधार्मिक र बहुसंस्कृतिक विविधताले सजिएको देशमा गुरूङ जातिको कला , संस्कार , भेषभुषा , रहनसहन , पराम्परा , भाषा आदी तमू जातीमा मात्र सिमित नभई देश तथा विदेशमा समेत चीरपरिचित छन् ।

गुरूङ समुदायको संस्कार सँस्कृति र भेषभूषा देशकै गहना हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय