टोकियो, जापान – जापानमा रहेका सम्पूर्ण गुरुङहरूको साझा र गौरवशाली संस्था गुरुङ समाज जापानले आफ्नो दोस्रो BBQ कार्यक्रम २०२५ को सम्पूर्ण तयारी पूरा गरेको घोषणा गरेको छ।

यसै महिनाको जुन २९ तारिख, आइतबार भव्यताका साथ मनाइने यो कार्यक्रम टोकियोको कासाई रिंकाई पार्कमा आयोजना हुँदैछ।

यस वर्षको BBQ कार्यक्रम विशेषगरी रमाइलो वनभोज तथा भेटघाट कार्यक्रमको रूपमा सञ्चालन गरिनेछ। कार्यक्रमको मुख्य आकर्षणहरूमध्ये नेपालका ख्यातिप्राप्त चर्चित कलाकारहरूका साथै जापानमै रहेका स्थानीय कलाकारहरूको ‘लाइभ म्युजिक बाजा’ सहितको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ।

परदेशी गायक सुर्य खड्काको साथमा जापानमा रहेका आधा दर्जनभन्दा बढी गुरुङ कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रम संयोजक जगदीश गुरुङका अनुसार, गत वर्ष जस्तै यस वर्ष पनि कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनका लागि जापानमा बसोबास गर्ने सम्पूर्ण गुरुङ/गैर-गुरुङ समुदायका व्यक्तिहरू साथै विभिन्न संघ/संस्थाका अध्यक्षज्यूहरूलाई सादर निमन्त्रणा गरिएको छ।
गुरुङ समाज जापान परिवारले यस विशेष अवसरमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सबैमा हार्दिक अनुरोध गरेको छ।

यस कार्यक्रमले जापानमा रहेका गुरुङ समुदायका साथै अन्य समुदायका व्यक्तिहरूलाई एक ठाउँमा भेला गराउनुका साथै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय