बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा सुबेदी र बाग्लुङ समाजका उपाध्यक्ष प्रकाश केसी रहनुभएको छ भने मेलाको सदस्य सचिबमा दुई समाजका महासचिवहरु घनश्याम कंडेल (अर्जुन) र सचिन आचार्य रहनुभएको छ ।

आर्थिक ब्यवस्थापन उपसमितिको संयोजकमा बिहुँकोट समाजका उपाध्यक्ष टिकाराम कंडेल सदस्यहरुमा केशव सुबेदी र नारायण प्रसाद कंडेल रहनुभएको छ ।

यातायात ब्यवस्थापनामा दुई समाजका उपाध्यक्षहरु गुरु प्रसाद सापकोटा र रामु कंडेल रहनुभएको छ भने प्रचार प्रसार उपसमितिको संयोजकमा बाग्लुङ समाजका उपाध्यक्ष बिष्णु सापकोटा सदस्यहरुमा शिवलाल कंडेल, बसन्त आचार्य, रामु खत्री र खिमानन्द कंडेल रहनुभएको छ ।
त्यसैगरि अतिथी सम्मान तथा ब्यवस्थापना संयोजकमा बाग्लुङ समाजकी उपाध्यक्ष शोभा केसी (गीता) तथा सदस्यहरुमा बिना खड्का र मुना कंडेल रहनुभएको छ ।

राष्ट्रिय कलाकारको साथमा हुनलागेको साँगितिक कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन दुबै समाजका संरक्षक, सल्लाहकार जापानमा गठित जिल्ला भित्रका अन्य समाजहरुसँग समन्यव र सहकार्य गर्दै कार्यक्रम गरिन लागेको बाग्लुङ समाजका अध्यक्ष तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक यमकान्त कंडेलले बताउनुभयो ।

कार्यक्रमबाट संकलित रकम मध्य केही प्रतिशन बाग्लुङ जिल्लाको कुनै परोपकारी क्षेत्रमा खर्च गर्ने गरी आयोजित कार्यक्रम टोकियोभित्र गरिने भएपनि स्थान र आमन्त्रित कलाकारको बारेमा केहीदिनपछि जानकारी गराईने बताईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय