नारिता नेपाल फुट्सल टूर्नामेण्टको उपाधि बुटवल समाजले हात पारेको छ ।
नारिता नेपाल द्वारा “रास्ट्रका लागी खेलकूद, युवाका लागी खेलकूद “मुल नाराका साथ प्रवासमा रहेका नेपाली युवाहरु बिच आत्मीय सम्बन्ध बिस्तारका साथै खेलकूदको माध्यमबाट शारीरिक र मानसिक रूपमा सकारात्मक सन्देश प्रवाह गर्ने मुख्य उद्देश्यले 2024 मे 26 तारीख् आईतबार नारिता को FUTSALPARK ESQUEALHA 25 मा आयोजित “3rd NARITA NEPAL FUTSAL TOURNAMENT “को उपाधि बुटवल समाज (सेतो)ले हात पारेको छ भने उपविजेता काभ्रेली समाज (ओरेंज) भएको छ।विजेता टिमले पुरस्कार राशि स्वरूप ५ लाख येन उपविजेता हुनेले २लाख ५० हज़ार येन साथै सेमिफ़ाईनल पुग्ने दुई टिम लमजुंङ एफ़.सी र काभ्रेली समाज (सेतो) ले क्रमस ५० हज़ार येन ट्रफ़ी ,अवार्ड र मेडल प्राप्त गरेको छ ।
बेस्ट प्लेयरको अवॉर्ड बुटवल (समाज सेतो)का अनिल तामाङ ,बेस्ट गोलकीपर बुटवल समाज (सेतो)का राजु तामाङ र उच्च स्कोररको अवॉर्ड काभ्रेली समाज (ओरेंज़) का सुज़न गुरुङ ले पुरूस्कार स्वरूप जनही ५ हज़ार येन र ट्रफ़ी प्राप्त गरेको छ ।
प्रतियोगिता अत्यंतै अनुशासित,मर्यादित,ब्यवस्थित र सफलतालॉ साथ सम्पन्न भएको टूर्नामेण्ट संयोजक प्रबिन गुरुङले जानकारी दिनुभयो।





