चर्चित कलाकार सकार(SACAR )र स्टमन (ST MAN)प्रस्तुतिमा नारितामा  सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
अंग्रेजी नयाँ बर्ष २०२५ को अवसरमा नारिता नेपालको आयोजना हुने यो कार्यक्रम आगामी जनवरी ३ तारिक शुक्रबार नारिता स्काई टाउन हलमा हुनेछ।
कार्यक्रममा सकार र स्टमनको साथै अमर प्रताप (राजा) को पनि प्रस्तुति रहनेछ। विभिन्न किसिमका टिकटहरू उपलब्ध छन्, जसमा अर्ली बर्ड टिकट २५०० येन, स्टुडेन्ट टिकट ३००० येन, स्ट्याण्डर्ड टिकट ३५०० येन, डोर सेल टिकट ४००० येन, कपल टिकट ६००० येन र भिआइपी टिकट १०००० येन रहेको छ ।
नारिता नेपालका अध्यक्ष विजय गुरुङले यो जानकारी गराउँदै सबैलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन्। यो कार्यक्रम नारिता चिबामा नेपाली कलाकारहरूको प्रस्तुतिमा आयोजना हुने पहिलो ठूलो सांगीतिक कार्यक्रम हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय