नेपाल तामाङ समाज जापान (एनपिओ होउजिन) केन्द्रीय समितिले मञ्जुश्री संवत् २८६० औँ डुक ल्हो मुला पुख्री वर्ग सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम २०२४ फेव्रुवरी ११ तारिखमा मनाउने भएको छ ।

नेपालका विभिन्न ठाउँबाट आएर जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ समुदायको प्रतिनिधि संस्था नेपाल तामाङ समाज जापान एनपीओ होउजिनले हरेक वर्षहरूमा झैँ यसपाली पनि आफ्नो मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नको साथै राज्यको हरेक अङ्गमा समान सहभागिता जनाउन पनि नयाँ वर्ष उत्सवको रूपमा विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको हो ।

समाजको नोभेम्बर १२ तारिख बसेको केन्द्रको नियमित बैठकले नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू प्रकाश तिदुङ, मनमाया वाइबा, सुमिना लो, पूजा तामाङ र स्थानीय कलाकारहरुको साथमा आगामी ११ फेब्रूवरी,२०२४ आइतबारको दिन जापानको टोकियोमा रहेको WARP सिन्ज्यकुमा संस्थागत रूपमा मनाउने निर्णय भएको समाजका अध्यक्ष कर्साङ तामाङले जानकारी गराउनुभयो ।
अध्यक्ष तामाङले दिउसो २ :३० बजेदेखि बेलुकी ६: ४५बजेसम्म हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागि जापानवासी सबै नेपालीहरूलाई अनुरोध समेत गर्नुभयो ।

समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउँदै आइरहेको छ । यसपाली पनि भव्य सांस्कृतिक कार्यक्रम सहित टोकियोमा भव्यताका साथ मनाउने तयारी थालेको महासचिव तेज बहादुर थिङले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय