जापानको लागि नेपाली राजदूत नियुक्त भई डा.दुर्गाबहादुर सुवेदीले २०७९ श्रावण १८ गतेदेखि राजदूतको कार्यभार सम्हाल्नुभएको हो। त्यसअघि डा. सुवेदीले बेलायतका लागि नेपाली राजदूतको रुपमा सन् २०१६ देखि २०२१ सम्म करिब पाँच वर्ष सफलतापूर्वक सेवा गर्नुभएको थियो। बेलायतका लागि नेपाली राजदूतकाे कार्यभार सफलतापूर्वक सम्पन्न भएपश्चात् डा. सुवेदीले करिब एक वर्ष नेपाल सरकारको शिष्टाचार महापालका रूपमा सेवा गर्नुभएको थियो । डा. सुवेदीको जापान स्थित नेपाली राजतवासको कूटनीतिक सेवा यो दोस्रो पटक हो। उहाँले २००७ अक्टोबरदेखि २०११ नोभेम्बरसम्म चार वर्षसम्म राजदूतावासमा उप-नियोग प्रमुखको रुपमा सेवा गर्नुभएको थियो।
जापानका लागि नेपाली राजदूतको रूपमा कार्यभार सम्हालेकै दिन २०८२ श्रावण १८ गते पहिलो निर्णय गर्दै डा.सुवेदीले “आजको काम आजै”भन्ने नीति घोषणा गरी कार्यान्वयन गर्नुभएको थियो। उहाँले जापानका लागि नेपाली राजदूतको रुपमा
नेपालको आर्थिक र सामाजिक विकासमा सहयोगको निरन्तरता,नेपाली र जापानी जनताबीच कायम रहेको जनस्तरको घनिष्ठ र जापान सरकारसँगको सम्बन्ध प्रगाढ बनाउने हक, हित र कल्याण गर्ने र राजदूतावासको सेवाप्रावाहलाई शीघ्र,सरल ,चुस्तदुरुस्त र प्रभावकारी बनाउने प्राथमिकताहरु अघि सार्नु भएको थियो ।
जापानको लागि नेपाली राजदूतको रूपमा उहाँले र अवलम्वन गर्नुभएको नीति र प्राथमिकता राजदूत डा.सुवेदीले सफलतापूर्वक पूरा गर्नुभएको छ। थोरै कूटनीतिक जनशक्ति र स्थानीय कर्मचारीहरूलाई प्रोत्साहन र समन्वय गरेर राजदूत डा .सुवेदीले राजदूतावासको सेवालाई साँच्चै नै जनमैत्री, चुस्त ,दुरुस्त, सरल, शीघ्र र प्रभावकारी बनाउनु भएको छ । सन् २०८२ को कोरोनाको उत्कर्षकालमा पनि डा.सुवेदीले एकदिन पनि राजदूतावास बन्द गर्नुभएन । दूतावासका सबै कूटनीतिक कर्मचारी र स्थानीय कर्मचारीहरू कोरोनाको बिमारले ग्रस्तहुँदा पनि एक्लै आएर आठ दिन राजदूतावास खोल्नुभएको थियो ।
डा. सुवेदी राजदूत भएर आएपछिको अर्को महत्वपूर्ण कार्य राजदूतावासमा अनावश्यक विदा कटौती हो । राजदूत डाक्टर सुवेदीले नेपाल र जापान सरकारले तोकेको अत्यावश्यक र राष्ट्रिय महत्वका विदाहरूमध्ये वर्षमा जम्मा १२ दिन मात्र विदा राखी बाँकी सबै विधाको दिनहरूमा पनि राजदूतावास खुल्ला गरी सेवा सञ्चालन गर्नुभएको थियो। विदा कटौती मात्र होइन, नेपालीहरूलाई आपतकालीन कष्ट , दुर्घटना र मृत्युवरण जस्ता कठिन अवस्था आइपर्दा राजदूतावास शनिवार, आइतबार र राति पनि खोल्नुभएको थियो। यस्ता कठिन परिस्थितिमा राजदूत स्वयं रातसाँझ कार्यालय आउनुहुन्थ्यो ।
राजदूत डा. सुवेदीले नेपाली राजदूतावासमा गर्नुभएको प्रमुख सुधारमध्ये दूतावासको सञ्चार सम्पर्क व्यवस्थित, चुस्त र प्रभावकारी राख्नु हो। डा. सुवेदी राजदूत भएर आउनुभएको ६ महिनाभित्रै दशौँ वर्षदेखि यस दूतावासमा टेलिफोन नउठ्ने समस्या समाधानमा केन्द्रित हुनुभयो। एक वर्षभित्रै दूतावासमा सञ्चार सहायक राखेर दूतावासको टेलिफोनको समस्या हल गर्नका साथै सेवाग्राहीहरूको इमेलको जवाफ दिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुभयो ।
राजदूत डा. सुवेदीले दूतावासको सेवामा उल्लेखनीय सुधार गर्नुभएको अर्को मुख्य क्षेत्र जापानवासी नेपालीहरूलाई सरल, सहज र शीघ्र राहदानी पाउने व्यवस्था हो । टोकियो स्थित नेपाली दूतावासमा राहदानीको अनलाइन फारम भर्न पाउने कठिन अवस्थालाई उहाँले सरलीकृत गरिदिनु भयो । आज राहदानीको नवीकरणको लागि अनलाइन फारम भर्न कुनै कठिनाइ छैन । त्यसका साथै कुनै नेपाली नागरिकले अनलाइन फारम भर्न नसकेको वा फारम नभरि किन दूतावास पुग्नुभयो भने पनि उहाँलाई राहदानीको फारम भराइदिन सेवासमेत राजदूतावासबाट प्रदान गर्नुभएको छ।
नेपालीहरू बसोबास गर्नुहुने जापानका विभिन्न प्रान्त र शहरहरूमा दूतावासको घुम्टी टोली पठाई स्थानीय स्तरमै राहदानी र कन्सुलर सेवा प्रदान गर्ने व्यवस्थाले जापानको होक्काइडोदेखि ओकिनावा र हिरोसिमादेखि नागासाकीसम्म छरिएर रहनुभएको नेपालीहरूलाई राहदानी प्राप्त गर्न सहज र सरल भएको छ।
घुम्ती सेवा जापानको दोस्रो ठूलो सहर ओशका लगायत नेपालीहरूको ठूलो जनसंख्या रहेको नागोया र फुकुओकामा तीनपटक , होक्काइडो,गुन्मा र सेन्दाइमा दुई-दुईपटक, सिजुओका, साइतामा, चिवा र टोकियोमा एक एकपटक घुम्ती सेवा सञ्चालन भइसकेका छन्। आज जापानवासी नेपालीहरूमा राहदानी सम्बन्धी कुनै समस्या र गुनासो छैन।
राहदानीमा सहजीकरण गर्नुका साथै उहाँले नेपाल जान चाहने जापानी नागरिकहरुलाई भिसा प्रदान गर्ने व्यवस्था सहज ,सरल र शीघ्र बनाउनु भयो । भिसा लिन राजदूतावास जान नपर्ने ,भिसा फारम भरेर राहदानी पठाएपछि घरमा व्यवस्था सफलतापूर्वक कार्यान्यवन गर्नुभयो ।अहिले जापानीहरुमाझ नेपाली दूतावासकाे घर घरमा भिसा भन्ने सुविधाको चर्चा र प्रशांसा हुने गरेको छ ।
राजदूत डा. सुवेदीकाे ठूलो विशेषता भनेको उहाँको विनम्रता, सरलता र सकारात्मक भावना हो। उहाँलाई सम्पर्क गर्नु र भेट्न कुनै कठिनाइ छैन। उहाँको सबैभन्दा बढी सफलता नै जनसम्पर्कमा सहजता र सम्बन्धको निरन्तरता हो। नेपालीहरूसँग मात्र नभएर जापानी नागरिकहरूसँग मित्रता र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न र नेपाल र नेपालीप्रति शुभेच्छुक बनाउने खुबीले उहाँलाई जापानका लागि नेपाली राजदूतहरूमध्ये सबैभन्दा बढी जनसम्पर्क भएको राजदूतको रुपमा स्थापित गरेको छ।
यो कुरामा दुई मत हुन सक्दैन जापान र नेपालको दौत्य सम्बन्धको ७० वर्ष लामो अवधिमा राजदूत भएर आएका १३ जना राजदूतहरूमध्ये नेपाली समुदायमा सबैभन्दा बढी घुलमिल भएको र सबैभन्दा बढी लोकप्रिय राजदूत डा. दुर्गा बहादुर सुवेदी नै हुनुहुन्छ। जापानका लागि नेपाली राजदूतका रूपमा तीन वर्ष तीन महिना जापानमा रहनुहुँदा उहाँ कुनै पनि सप्तान्तमा शनिबार र आइतबार पनि नेपाली समुदायले आयोजना गर्ने कुनै न कुनै कार्यक्रममा पुग्नुभएको हुन्थ्यो। ती कार्यक्रमहरू मार्फत नेपाली नेपाली बीचको एकता , सहिष्णुता, समझदारी, सहकार्य र सहयोगको सकारात्मक र रचनात्मक भावना अघि बढाइरहनुहुन्थ्यो ।
राजदूत डा. सुवेदीकै अभिभावकतत्त्व, निर्देशन र समन्वयको कारण जापानको नेपाली समुदाय एक छ, एकजुट छ र एकताबद्ध छ। जापानवासी नेपालीहरू एक हौँ, एकजुट हौँ र एकताबद्ध रहौं भन्ने उहाँको पवित्र भावना र नेपाली समुदायको विभिन्न जातजाति, जनजाति, विभिन्न भूभाग , पेशा र आस्थाका नेपालीहरूबीच पुलका रूपमा उभिएर राजदूत डा. सुवेदीले जापानबासी नेपालीहरूमा सधैँ एकता, सहिष्णुता, सहकार्य , पारस्परिक सहयोग र सम्मानको भावना वृद्धि गरिरहनु भयो ।
राजदूत डा. सुवेदीले जापानबासी नेपालीहरूलाई आफ्नो भाषा , मातृभाषा , संस्कार, संस्कृति, धर्म, पर्व, परम्परा, पोशाक, परिकार र पहिचानको संरक्षण र समवर्धन गर्न सधैँ प्रोत्साहित गर्नुभयो। उहाँले गैर आवासीय नेपाली संघसँग राजदूतावासकाे सहकार्य गराई टोकियोमा नेपाल महोत्सव ( नेपाल फेस्टिवल) को माध्यमद्वारा नेपालका उत्पादन, नेपालका खाना र नेपालको पर्यटक प्रवर्धनमा महत्वपूर्ण योगदान गर्नुभएको छ । राजदूत स्वयम् उपस्थित भई टोकियो, चिवा, नागोया, ओसाका, सेन्दाई, फुकुओका, ओकिनावा, गुन्मा र तोचिगीमा आयोजित नेपाल महोत्सवहरूलाई सफल पार्न हौसला प्रदान गर्नुभयो । यी सबै नेपाल फेस्टिवलहरूमा गैर आवसीय नेपाली संघसंस्थासँग राजदूतावासले सहकार्य गरेको छ । नेपाली राजदूतावासले नेपाल फेस्टिवल जापानभरि विस्तार गर्न महत्वपूर्ण योगदान गरेको छ। यो राजदूत डा. सुवेदीकाे कार्य कुशलता र कार्यक्षमताको प्रतिफल हो। जापानमा क्रियाशील सम्पूर्ण नेपाली सङ्घ, संस्था र समाजहरूसँग राजदूतावासको सुदृढ, सुमधुर, सहकार्यात्मक र सहयोगात्मक सम्बन्ध स्थापना गर्न र त्यसलाई अझ व्यापक गर्नमा
राजदूत डा. सुवेदीकाे अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ। त्यसैले पनि जापानका हरेक नेपाली संघ, संस्था र समाजहरूले आफ्ना वार्षिक र महत्वपूर्ण कार्यक्रमहरूमा जसरी पनि राजदूतलाई निमन्त्रणा गरेकै हुन्छन् । जापानका पुराना संस्थाहरू तमुधीं र थकाली सेवा समितिदेखि नयाँ संस्था बलेवास समाज, नवलपुर समाज सम्म पनि राजदूत डा. सुवेदीलाई अभिभावकत्वको रूपमा पाएर गौरवको महसुस गर्दछन्।
राजदूतावासको सेवालाई सरल, सहज, शीघ्र र प्रभावकारी बनाउने, जापानको नेपाली समुदायलाई एकताबद्ध बनाई सहकार्य, सहयोग र समझदारी अभिवृद्धि गरी शिष्ट र विशिष्ट अभिभावकका रूपमा राजदूत डा. दुर्गाबहादुर सुवेदी स्थापित हुनुभएको छ । यसका साथै नेपाल र जापान बीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ, सुमधुर र प्रगाढ बनाउन पनि राजदूत डा. सुवेदीको उल्लेखनीय योगदान रहेको छ।
जापानका राजदूत भएर आउनेदिनवित्तिकै राजदूत डा. सुवेदीले
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) सँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुभयो । नेपालको आर्थिक, सामाजिक र प्राविधिक विकासमा महत्वपूर्ण र भरपर्दो साझेदारका रूपमा रहेको जाइकाका अध्यक्ष स्वयंसँग व्यक्तिगत रुपमा मित्रका रूपमा र संस्थागत रुपमा शुभेच्छुकको रूपमा कायम गर्न डा.सुवेदी सफल हुनुभयो। जाइकाका अध्यक्ष डा. अकिहिको तानाका स्वयं राजदूत निवासमा आएर भलाकुसरी र दिपक्षीय भेट गर्ने समको मित्रता र कुटनैतिक कौशलता राख्ने राजदूत एक अब्बल र सफल नेपाली कूटनीतिज्ञ हुनुहुन्छ। आफ्नो तीन वर्ष कार्यकालमा जाइकाका दुई-दुई जना वरिष्ठ उपाध्यक्षहरूको नेपालको औपचारिक भ्रमण समन्वय गरेर नेपालप्रति शुभेच्छा र सकारात्मक भावना अभिवृद्धि गर्न उहाँले खेल्नुभएको भूमिका सहरानिय मात्र होइन उल्लेखनीय पनि छ।
आफूले राजदूतको कार्यभार सम्हालेकै दिनदेखि जापान-नेपाल संसदीय मैत्री समूह (Japan-Nepal Parliament Friendship League) सँगको सम्बन्ध र सहकार्यलाई प्राथमिकता राख्नुभएको थियो जसमा उहाँ पूर्ण रूपमा सफल पनि हुनुभयो। जापान- नेपाल संसदीय मैत्री समूहको तत्कालीन अध्यक्ष तथा जापानका वरिष्ठ राजनीतिज्ञ जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको २० वर्षसम्म महासचिव र जापान सरकारको अर्थमन्त्री समेत रहनुभएको थियो श्री तोशि हिरो निकाईसँग व्यक्तिगत र संस्थागत मैत्री सम्बन्ध स्थापन गर्न सफल हुनुभयो र जापानको संसदको नेपालको संसद र सरकारसँग सुमधुर सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। जापान-नेपाल संसदीयमैत्री समूहका वर्तमान अध्यक्ष तथा जापान सरकारका पूर्वमन्त्री श्री योशुके चुरुहोसँग पनि उस्तै मैत्रीपूर्ण र मातृत्वपूर्ण मैत्रीसम्बन्ध स्थापना गरी नेपाल र जापानको सांसदहरूबीच सुसम्बन्ध कायम गर्न सफल हुनुभएको छ।
नेपालको आर्थिक र सामाजिक विकासमा सरकारी स्तरको सम्बन्ध मात्र पर्याप्त छैन, यसलाई जनस्तरसम्म पनि विस्तारित गर्नुपर्छ भन्ने दूरदर्शी विचार र त्यसको कार्यान्वयनमा पनि राजदूत
डा. सुवेदी सफल साबित हुनुभयो । जापान नेपाल -समाज, जापान -नेपाल मैत्रीपूर्ण संघ, जापान -नेपाल चेम्बर अफ कमर्स , जापान नेपाल महिला सङ्घ , जापान- नेपाल फुटबल एसोसिएसन जस्ता सङ्घसंस्थाहरूलाई सक्रिय बनाउँदै रचनात्मक कार्यहरू सम्पादन गर्न सधैँ उत्प्रेरित गर्नुभयो। नेपालको पर्यटन , वाणिज्यव्यापार र लगानीको क्षेत्रमा जापानको निजी क्षेत्रलाई पनि समाहित गरेर लैजानुपर्छ भन्ने सार्थक धारणालाई राजदूत डा. सुवेदीले आफ्नै पहलमा जापान -नेपाल विकास मञ्च
(Japan -Nepal Development Forum) दुई वर्षअघि स्थापना गरी नेपालको वाणिज्य व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सरिक गराउने अभयान अघि बढाउनुभयो। जापान सरकारका पूर्व अर्थशाहायक मन्त्री भइसक्नुभएका श्री मोतोयुकी ओदाचीको अध्यक्षतामा जापान-नेपाल विकास मञ्चकाे गठन नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको विकासमा जापानको निजी क्षेत्रलाई सहभागी गराउने यो एक दूरदर्शी कुटनैतिक प्रयत्न र सफलता थियो।
जापानको दोस्रो ठूलो सहर ओसाकामा २०२५ अप्रिल १३ देखि शुभारम्भ भएको ओसाका विश्वप्रदर्शनी (World Exposition) मा नेपाल सरकारको निर्णयअनुसार निजी क्षेत्रको बिध मेनेजमेन्ट ललित माण्डव प्रा.लि.ले नेपाल सरकारबाट जिम्मेवारी पाएकोमा समयमा नेपालको मण्डप निर्माता कम्पनीलाई रकम भुक्तानी गर्न नसकी विश्व प्रदर्शनीमा नेपालका सहभागिता नै अनिश्चित भइसकेको थियो । यस अवस्थामा राजदूत डा. सुवेदीले नेपाल सरकारको सम्बृद्ध निकायहरु परराष्ट्र मन्त्रालय , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय , व्यापार तथा निवृत् प्रवर्द्धन केन्द्र एवं जापान सरकारका सम्बृद्ध निकायहरूसँग निरन्तर समन्वय गरी ओसकामा जारी विश्व प्रदर्शनमा नेपालको सहभागिता सुनिश्चित गर्नुभयो। नेपाल मण्डप अवलोकन गर्न मात्र करिब १ करोड पर्यटकहरू आउनुभएकोले पनि विश्व प्रदर्शनीमा नेपालको सफल सहभागिताका साथसाथै नेपालको परिचय, पहिचान र प्रतिष्ठामा अभिवृद्ध भएको छ। जापानवासी नेपालीहरू मात्र होइन स्वयं जापानीहरू, जापान सरकारका प्रतिनिधिहरू र जापानी सांसदहरूसमेत राजदूत डा. सुवेदी नभएको भए नेपालले ओसाका विश्व प्रदर्शनीमा सहभागिता हुन सक्ने थिएन भनेर आज पनि भनिरहेका छन्। त्यसैले ओसाका विश्वप्रदर्शनीमा नेपालको सहभागिता हुने वातावरण बनाई जापान सरकारका परराष्ट्र राज्यमन्त्रीको प्रमुख आतित्यथामा सोही स्थानमा भव्यतापूर्वक नेपाल दिवस समारोह (Nepal Day Ceremony) मनाउन सफल राजदूत डा. सुवेदी बधाई र सम्मानका पात्र हुनुहुन्छ।
यसरी नेपाल जापान सम्बन्धलाई उचाइमा पुर्याउन, नेपालको आर्थिक सामाजिक विकासमा जापान सरकारको सहयोग बढाउन र जापानमा नेपाल र नेपालीको परिचय, पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्न एवं जापानवासी नेपालीहरूमा एकता, सहिष्णुता , समझदारी, सहकार्य , सहयोग र सम्मान अभिवृद्धि गर्न उच्चतम भूमिमा सफलतापूर्वक निर्वाह गरेका जापानका लागि नेपाली राजदूत महामहिम डा.दुर्गाबहादुर सुवेदी एक कुटनीतिक कौशल र र मर्यादा शिष्ट र विशिष्ट एवं कुटनीतिक कार्यक्षमता र कार्य सम्पादनमा अब्बल र सफल साबित हुनुभएको कुरामा दुई-मत हुन सक्दैन।





