जापानको सेन्डाई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न समस्या समाधान गर्न एनआरएनए सेन्डाई क्षेत्रीय समितिको सक्रियता देखिएको छ।

समितिका उप-संयोजक आशिष गुरुङको नेतृत्वमा एक टोलीले जापानका लागि नेपाली राजदूत महामहिम दुर्गाबहादुर सुवेदीलाई भेटी विशेष ध्यानकर्षण पत्र बुझाएको छ।

पत्रमा सेन्डाई क्षेत्रमा स्थगित भएको घुम्ती शिविर सञ्चालन गर्ने, साथै अन्य विभिन्न समस्या समाधानका लागि राजदूतको ध्यान आकर्षण गराइएको थियो। राजदूत सुवेदीले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै चाँडै नै सेन्डाईमा घुम्ती शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

एनआरएनए जापानका उपाध्यक्ष शुभास  लामीछाने ,गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङ लगायतका सम्पूर्ण पदाधिकारीहरूले यस महत्वपूर्ण पहलका लागि आशिष गुरुङ र सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्।

यस कदमले सेन्डाईका नेपालीहरूमा उत्साह थपेको छ र उनीहरूका समस्या समाधानमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको समितिका उप-संयोजक आशिष गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय