नेपाल पत्रकार महासंघ जापान शाखाले भोलि, डिसेम्बर २९ तारिखका दिन  चौथो साधारण सभा र प्रवास पत्रकारिता-३ स्मारिका विमोचन कार्यक्रम आयोजना गर्ने भएको छ ।

बिहान १२ बजेदेखि राईनो हल, टोकियोमा सुरु हुने यस कार्यक्रममा  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र महासचिव राम प्रसाद दाहाल (भर्चुअल रूपमा) प्रमुख अतिथिका रूपमा रहनेछन्। कार्यक्रममा महासंघको एक वर्षको कार्य समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएको छ ।

महासंघ अध्यक्ष शान्त पहरीले जानकारी दिए अनुसार यस कार्यक्रममा  जापानमा रहेका नेपाली पत्रकारहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रवास पत्रकारिता-३ स्मारिकाको विमोचन

साधारण सभा पश्चात् दिउँसो २:३० बजेबाट सोही स्थानमा प्रवास पत्रकारिता-३ स्मारिकाको विमोचन गरिने भएको छ ।

 

यस कार्यक्रममा नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रूपमा रहनेछन्। यस स्मारिकामा जापानमा बसोबास गर्ने नेपाली बौद्धिक ब्यक्तित्व तथा जापानमा सकृय रुपमा कलम चलाउने पत्रकारहरूले लेखेका विभिन्न विषयका लेखहरू समावेश गरिएको छ।

कार्यक्रममा सहभागी हुनको लागि:

* मिति: २०२४ डिसेम्बर २९

* समय: बिहान १२:०० बजे (साधारण सभा), दिउँसो २:३० बजे (स्मारिका विमोचन)

* स्थान: राईनो हल, टोकियो (Sugamo station, 東京都豊島区巣鴨4丁目22−4)

* शुल्क: ३,००० येन (खाना, चियापान, FNJ Japan Badge र स्मारिका सहित)

आयोजक: नेपाल पत्रकार महासंघ जापान शाखा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय