जापानमा अध्ययनरत जापानी भाषाका नेपाली विधार्थीहरुलाई लक्षित गरेर जसपाको प्रवास समिति नेपाली समाज जापानले यसबर्षदेखि “ छात्रवृत्ति कार्यक्रम “ अघि सारेको छ।
नेपालबाट जापान आएर भाषा अध्ययनरत विधार्थीहरुको मनोबल दह्रो बनाउने,आत्मा विश्वास बढाउने, आर्थिक सहयोग,र उत्प्रेरणा जगाउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम गर्न लागिएको नेपाली समाज जापानका अध्यक्ष शिशिर निङलेकु लिम्बुले जानकारी दिनुभयो ।
छात्रवृत्ति कार्यक्रम विस्तृत जानकारी जनवरी २८ तारिख आइतबारको दिन टोकियो ओकुबो स्थित रोयल गार्डेन नेपाली रेस्टुरेन्टमा बेलुकी ४ बजेदेखि ५ बजेसम्म हुने हुँदा जापानमा क्रियाशील पत्रकारहरूलाई उपस्थितको लागि समाजले अनुरोध गरेको छ ।





