फुल्न लागेको जापानी राष्ट्रिय फुल (साकुरा ) र हालै जापान आएका नेपाली बिध्यार्थीहरुलाइ एकैसाथ स्वागत गर्न नेपाली समाज जापानले ड्राइ पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली समाज जापानले फुल्न लागेको राष्ट्रिय फुल (साकुरा )संग रम्न ,प्रकृति र मानव जीवनको अन्तरसम्बन्ध बढाउन ,जापानमा रहेका नेपालीहरुवीच एक आपसमा सम्बन्ध बिस्तार र भाइचारा बढाउने उद्देश्यका साथ ड्राइ पिकनिक कार्यक्रम सम्पन्न गरेको थियो ।


कार्यक्रमा हालसालै जापानमा पाइला टेकेका नेपाली बिध्यार्थीहरुले अहिलेसम्म भोगेका तितामिठा अनुभवहरु सुन्ने , बिभिन्न भिषामा रहेर लामो समय बिताइसकेका अग्रजहरुबाट जापान बसाइलाइ कसरी सुखमय बनाउने भन्ने बारे आ -आफ्नो अनुभवहरु साटासाट गर्नुका साथै यस बर्ष जापानमा फुल्न सुरु गरेको राष्ट्रिय फुल साकुरा र भर्खरै जापान आएका  गौतमकुमार मगर र  मेनुका आङवोलाइ नेपाली समाज जापानका अध्यक्ष शिशिर निङलेकु लिम्बुले साकुराको थुँगा दिएर स्वागतसमेत गरेको थियो ।


कार्यक्रममा अधिकांश सहभागीहरु  घरमा आफ्नै हातले पकाएका बिभिन्न नेपाली खानेकुराहरु ल्याइ खान पिन तथा नेपाली गीत संगीतको साथमा भरपुर रमाइलो गरेका थिए ।

टोकियो स्थित तोनेरी पार्कमा बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको औपचारिक कार्यक्रम नेपाली समाज जापानका अध्यक्ष शिशिर निङलेकु लिम्बुको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन समाजका सचिव दिप लिम्बुले गरेका थिए ।

नेपाली समाज जापानले जापानमा भर्खरै प्रबेश गरेका नेपाली बिध्यार्थीहरुलाइ लक्षित गरेर बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय