जापान । नेपाल स्थायी घर भई हाल जापानमा अध्ययनको सिलसिलामा आउनुभएको नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज ( नेसाज ) को २० औँ राष्ट्रिय अधिवेशन जनवरी २८ मा हुँदैछ ।

आधिबेशनले नयाँ नेतृत्व चयन सहित संस्थालाई गतिशील दिनका लागि ओसाकाको तेन्नोजीमा रहेको कुमिनो सेन्टर मा आगामी जनवरी २८ तारिख अधिवेशन हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भुषाल ले जानकारी दिनु भएको छ । 

नेसाजले जापानमा रहेको दूतावास तथा एनआरएनए लगायत सङ्घसंस्था सँग समन्वय गर्दै समग्र नेपालका र नेपालीका लागि विभिन्न आपत बिपतमा सहयोग गर्दै आइरहेको र पछिल्लो समय जापानमा नेपाली विद्यार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गर्दा नेसाजले खेल्नु पर्ने भूमिका अझै बढेको बताउनुभयो ।

सन् १९९७ स्थापना कालदेखि नै निरन्तर नेपाली विद्यार्थीहरूको समस्या समाधानमा समन्वयकारी  भूमिका  निर्वाह  गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपाली समाजलाई जोड्दै आएको संस्थाका निवर्तमान अध्यक्ष एव संरक्षक कृष्ण   भुषालले जानकारी दिनुभएको छ ।

संस्थाले हालसम्म नेपाली विद्यार्थी हरुका हक अधिकार सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली विद्यार्थीहरुमा भएका अन्तर्निहित प्रतिभा बाहिर ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको समेत महासचिव सञ्जय कार्कीले जानकारी  दिनु भयो। 

जापानमा विद्यार्थीको  रुपमा आई अध्ययन पछि विभिन्न पेसा व्यवसायमा अवद्द हुनु भएका अग्रज एवम् विज्ञहरूको समेत उपस्थिति रहने भएकाले अग्रजको अनुभव सुन्दै आफ्नो भविष्य उज्ज्वल बनाउने अवसर पनि भएकाले  जापानमा रहनुभएका सम्पूर्ण नेपाली विद्यार्थी हरुमा उत्साहजनक सहभागिता को लागि कार्यक्रम संयोजक विकास अधिकारीले आग्रह समेत गर्नुभयो ।

साथै   विद्यार्थीमा  भएको प्रतिभा उजागर गर्नका लागि नाचगान या सन्देशमूलक गजल कविता वाचन गर्ने विद्यार्थीलाई सम्मान पत्र प्रदान गरिने भएकाले त्यस्ता प्रतिभा भएका विद्यार्थीहरुले आयोजकलाई अग्रिम जानकारी गराई नाम टिपाउन समेत आग्रह गर्नु भएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय