जापानको ओसाका शहरमा अध्ययनरत सुमिना श्रेष्ठ नामकी २१ वर्षीया नेपाली विद्यार्थी साइकल दुर्घटनामा गम्भीर घाइते भएकी छिन्। बाफल, काठमाडौं (अस्थायी) र रसुवा (स्थायी) निवासी सुमिना हाल ओसाकामा बसोबास गर्दै आइरहेकी छिन्।

जनवरी १७तारिख शुक्रबारका दिन बिहान ९:४५बजेतिर  स्कूल जाने क्रममा साइकल मोडिरहेकी थिइन्। बाँयातिर मोड्ने क्रममा ब्रेक लगाउँदा नियन्त्रण गुमाउँदा उनी भुइँमा खसेकी थिइन्। उक्त घटनामा उनको दाहिना खुट्टाको हाडमा गभ्भीर चोट लागेको थियो ।

दुर्घटनापछि सुमिनालाई ओसाकाको इकुवाकाई किनेम अस्पतालको बेड नम्बर ०३१६ मा भर्ना गरिएको छ। उपचारका लागि उनलाई आर्थिक सहयोगको आवश्यकता परेकोले निजको परिवारले  सम्पूर्ण जापानबासी नेपालीहरुलाइ अनुरोध गरेको छ । सहयोग गर्न इच्छुक व्यक्तिले सुमिनासँग ०९०६३६३७६६१ मा सम्पर्क गर्न सक्नुहुन्छ।

जापानको नियम ,क़ानून र निजको गोपनीयतालाइ मध्यनजर राख्दै ठेगाना सम्पादन गरिएको छ  -सम्पादक

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय