टोकियो, जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले २०२५-२०२७ कार्यकालका लागि खुला गरेको सदस्यता आवेदनमा उत्साहजनक सहभागिता देखिएको छ।

सन् २०२५ मे १ देखि जुन १० सम्म खुला गरिएको आवेदन अवधिमा कुल १३ हजार ९ सय ६८ जनाको आवेदन स्वीकृत भइसकेको छ।

एनआरएनए विधान २००३ (२०२२ को संशोधनसहित) र राष्ट्रिय समन्वय परिषद् जापानको विधान २००४ (संशोधन सहित २०२४) बमोजिम योग्यता पुगेका तथा २०२३–२०२५ कार्यकालका पञ्जीकृत सदस्यहरूलाई सदस्यता नवीकरण गर्न र नयाँ सदस्यहरूलाई सदस्यता लिनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को MIS प्रणाली मार्फत आवेदन खुला गरिएको थियो।

जुन १० तारिखको समयावधिसम्ममा ४ हजार ८६ जनाले नयाँ सदस्यताका लागि आवेदन दिएका छन् भने ९६६ जनाको आवेदन पेन्डिङमा र ४ हजार ५ सय ६७ जनाको आवेदन ड्राफ्टमा रहेको एक प्रेष बिज्ञप्ति जारी गर्दै जानकारी गराइएको छ।

क्षेत्रगत विवरण:

स्वीकृत भएका १३ हजार ९ सय ६८ सदस्यहरूमध्ये कान्तो क्षेत्रबाट ३ हजार ९ सय ३१, नागोया क्षेत्रबाट १ हजार ६ सय ८०, कान्साई क्षेत्रबाट २ हजार ९ सय ५२, क्युस्यू क्षेत्रबाट १ हजार ५ सय २८, ओकिनावा क्षेत्रबाट १ सय ९, हिरोसिमा क्षेत्रबाट ७६, होक्काइडो क्षेत्रबाट ९०, निगाता क्षेत्रबाट ३ सय २०, सिजुओका क्षेत्रबाट ५ सय ५, नागानो क्षेत्रबाट ५५, गुन्मा क्षेत्रबाट ४ सय १, तोचिगि क्षेत्रबाट २ सय ५८, सेन्डाई क्षेत्रबाट २ सय ६८, चिबा क्षेत्रबाट ८ सय ८३ र अन्यबाट ९ सय १३ जना पञ्जीकृत सदस्य स्वीकृत भएका छन्।

आवेदनको प्रमाणीकरण र अपुग कागजात:

एनआरएनए जापानले हालका लागि आइसकेका सदस्यहरूको जुन १५ तारिखसम्म प्रमाणीकरण गरिसक्ने जनाएको छ। साथै, पेन्डिङमा रहेका आवेदकहरूलाई आफ्नो इमेल जाँच गरी अपुग कागजात जुन १५ भित्र अनिवार्य संलग्न गराउन अनुरोध गरिएको छ।

सदस्यता आवेदनको प्रमाणीकरणका क्रममा तोकिएका योग्यता बाहेकको प्रमाणीकरण भएको वा अन्य कुनै त्रुटि पाइएमा सोही मिति भित्र जानकारी गराएर सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

एनआरएनए जापानले बिज्ञप्ति मार्फतनै  पञ्जीकृत सदस्यताका लागि उत्साहजनक रुपमा आवेदन गर्नुहुने जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय