राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले सुशासन र प्रगतिका कुरा मात्रै गरेपनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको आरोप लगाएका हुन्।

मुलुक परिवर्तनमा गएपछि भ्रष्टाचार चरम रुपमा बढेको उनले बताए । उनले एनसेल, टेरामक्स लगाएतमा पनि अनियमितता भएको र जनतालाई ठग्ने काम भएको उल्लेख गरे।लिङ्देनले अहिले मुलुक सीमित राजनीतिक दलका नेताको कैदमा रहेको र देश यही अवस्थामा राखिराख्न नसक्ने बताए।

उनले मुलकलाई अघि बढाउन नयाँ सम्झौताकासाथ अघि बढ्न सुझाव दिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय