मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू साउदी अरबमा जेल परेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताउने गरिन्छ।

रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवका अनुसार बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा पर्ने गरेको बताए।

नेपाली श्रम अधिकारीहरूले साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअघि दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिहरूबारे जानकारी गराउने गरिएको भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ४८० जना जति नेपाली उक्त खाडी देशका जेलहरूमा रहेको जनाएको छ।

वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने उल्लेख गर्दै राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताए।उनी भन्छन्, “घरेलु मदिरा उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन गरेको आरोप जेलमा रहेको धेरैलाई लागेको छ। सबैलाई साउदी अरबमा मदिरा गैरकानुनी हो भन्ने थाहा छ। तर थाहा हुँदा हुँदै पनि पक्राउ परिएन भने छोटो समयमा टन्न पैसा कमाई हुन्छ भन्ने लोभले यो निरुत्साहित भइरहेको छैन।”

सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ।
@bbcnepali

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय