टोकियो, जापान – साउने सङ्क्रान्ति (सिसेक्पा तङ्नाम) र उभौली साकेलाको अवसरमा सेक्मुरी इन्टरटेइनमेन्ट जापानले “सेक्मुरी समर कन्सर्ट २०२५” आयोजना गर्ने भएको छ।
यस कन्सर्टमा द भ्वाइस फाइनलिस्ट नोगेन हाङ्सारुम्बा लिम्बुको विशेष उपस्थिति रहनेछ।
आगामी जुलाई १२, २०२५, शनिवारका दिन मेगुरो कुमिन सेन्टरमा सम्पन्न हुने यस कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको सेक्मुरी इन्टरटेइनमेन्ट जापानका प्रमुख दीप लिम्बुले जानकारी दिनुभएको छ।
उहाँका अनुसार अनलाइन टिकट सीमित संख्यामा मात्र उपलब्ध हुनेछन्।
“सेक्मुरी समर कन्सर्ट २०२५” को विवरण:
* मिति: २०२५ जुलाई १२ (शनिवार)
* समय: साँझ १७:०० बजे देखि २१:०० बजे सम्म
* स्थान: मेगुरो कुमिन सेन्टर
आयोजक: सेक्मुरी इन्टरटेइनमेन्ट जापान
थप जानकारीका लागि सम्पर्क:
दीप आङ्देम्बे लिम्बु
प्रमुख, सेक्मुरी इन्टरटेइनमेन्ट जापान
मोबाइल: ०७० ७४७२ २९७२
अनलाइन टिकटको लागि तल दिइएको लिंक क्लिक गर्नुहोस ।





