सेन्दाई, जापान: जापानको तोहोकु क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको प्रतिनिधित्व गर्ने प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। १७ नोभेम्बर २०२४ मा सम्पन्न भएको यस अधिवेशनले सर्वसम्मत रूपमा अनिल गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। विशेष गरी, भक्त गुरूङ (सचिवालय सदस्य ,पुर्वी एशिया महादेशिय ईन्चार्ज प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटी) ,संजय थापा (अध्यक्ष प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी) डा.सूर्य पाठक(केन्द्रीय सदस्य,ईन्चार्ज पूर्वी एशिया महादेशि /ओसिनिया महादेश नेकपा एमाले)ले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा तोहोकु क्षेत्रका नेपालीहरूका समस्या समाधान गर्न, उनीहरूको हकहितका लागि काम गर्न र नेपाली समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस अधिवेशनले तोहोकु क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई थप संगठित बनाउने र उनीहरूको हकहितका लागि काम गर्ने एउटा नयाँ अध्यायको थालनी गरेको छ।
नयाँ कार्यसमिति:
अध्यक्ष: अनिल गिरी
उपाध्यक्ष: सुरेश रावल
सचिव: कपिल दत्त भट्ट
उप-सचिव: नवराज चौलागाई, अप्सरा कुँवर
सदस्यहरू: राम गिरी, गगन सापकोटा, राजेन्द्र मिश्र, अमृता अर्याल, अनिल गौतम, अनिष सापकोटा, अनुज गोदार, बिकाश मिश्र





