सिन्धुली: सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जाेर गाउँपालिकाको खुर्कोट बजारमा सुनकोसी नदी पसेको छ।

नदीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राथमिक विद्यालयसहित क्वालिटीविच रिसोर्ट लगायत दर्जनौँ घरहरू डुबानमा परेका छन्। खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पसहित दर्जनौँ घर तथा होटलहरू डुबेका छन्।

सुनकोसी नदीमा पानीको बहाव उच्च रहेको छ। स्थानीयलाई सुरक्षित स्थानमा सार्न भनिए पनि घर तथा होटलका सामानहरू निकाल्न सकिएको छैन। स्थानीय र प्रहरीले उद्धारको लागि पहल गरिरहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय