टोकियो
तमू धीं जापानको आयोजनमामा हुने २९औं ल्होसार साँझका लागि गायिका सविना गुरुङ एवं गुरुङ चलचित्रका कलाकार बल बहादुर गुरुङलाई शनिवार नारिता विमानस्थलमा तमूधीं जापानका पदाधिकारीहरूले स्वागत गरेका छन् ।
बिरालो वर्गको बिदाइ र गिद्ध वर्गको स्वागतमा मनाइने गुरुङहरुको नयाँ वर्ष ल्होसार कार्यक्रम ४ जनवरी बिहीबारको दिन दिउसो २ बजेबाट बेलुका ७ बजे सम्म ओन्सी पार्क उएनोमा आयोजन हुने भएको छ ।
नेपालबाट शनिवार बिहान नारिता विमानस्थल आइपुगेका कलाकारहरुलाई ल्होसार कार्यक्रमका संयोजक अनिला गुरुङ उपाध्यक्षहरु अरमान गुरुङ, चित्र गुरुङ, तमूधी जापानका पूर्व अध्यक्ष श्री गुरुङ,टेकन गुरुङ एवं तमूधी जापानका आगामी कार्यकालका अध्यक्ष हिमाली गुरुङले स्वागत गरेका थिए ।
यस बर्षको गुरुङ ल्होसारमा गुरुङ संस्कार र गुरुङ संस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २९ औँ तमु ल्होसार मनाइने आयोजक तमूधी जापानले जनाएको छ ।





