पर्यटन, कला र संस्कृतिको प्रबर्द्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान भन्ने मुल नाराका साथ टोकियोमा एएमएस अन्तर्राष्ट्रिय अवार्डको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपालका चर्चित ख्याति प्राप्त कलाकार तथा अन्तरराष्ट्रिय ब्यक्तित्वहरुको साथमा नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल २८ तारीख़ आईतबारको दिन जापान टोक्योको शहर नाक़ानो जेरो हलमा हुन लागिरहेको दोश्रो ए.एम.एस बृहत सास्कृतिक कार्यक्रममा नेपालबाट सुपर स्टार भुवन केसी ,क्याप्टेन बिजय लामा ,रामजी खाँड ,पत्रकार रृषि धमला, कलाकारहरु चेतन सापकोटा ,उर्गेन दोग ,शम्भुजित बास्कोटा ,कमल खत्री , अन्जु पन्त ,शिव श्रेष्ठ ,स्मिता दाहाल ,अनु चौधरी ,बुद्दि तामाङ ,आस्मा बिश्वकर्मा ,अनुशा लामा, नारायण थापा ,गजित बहादुर विष्ट र मिङमार दोर्जी शेर्पाको साथमा जापानमा रहेका स्थाानिय कलाकारहरुको उपस्थिति रहने सहआयोजक तथा सनसाइन खाबुसिकी खाइस्याका सिइओ कर्साङ तामाङले जानकारी दिनुभयो ।

यही अप्रिल २८ तारिख स्थानिय समयअनुसार साँझ ६ बजेदेखि १० बजेसम्म हुन लागिरहेको कार्यक्रममा उपस्थितिकालागि आयोजकले जापानमा बसोबास गर्नुभएका सम्पुर्ण नेपाली आमाबुबा,दाजुभाई तथा दीदीबहिनीहरुमा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय