टोकियो, जापान: नेपाली हिप हपका चर्चित कलाकार V-TEEN (समीर घिसिङ) जापान भ्रमणमा आउने भएका छन्। उनको लाइभ कन्सर्ट जापानका विभिन्न शहरहरूमा आयोजना हुने भएको छ।

यो भ्रमणको एक प्रमुख आकर्षणको रूपमा टोकियोमा हुने उनको लाइभ प्रोग्राम रहेको छ। दाजुभाइ इन्टरटेनमेन्टको आयोजनामा हुने यो विशेष कार्यक्रम २०२४ डिसेम्बर १४ तारिख शिनाबारको दिन आयोजना हुनेछ।

टोकियो बाहेकका शहरहरु ओसाकामा डिसेम्बर ९,नागोयामा डिसेम्बर ११,फुकुओकामा डिसेम्बर २३मा हुने समेत आयोजकले जानकारी दिएको छ ।


V-TEEN को यात्रा
समीर घिसिङ, आफ्नो स्टेज नाम V-TEEN ले बढी चिनिने एक प्रतिभाशाली नेपाली र्‍यापर हुन्। उनले नेपाली हिप हप क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका छन्। सन् २०१६ मा सार्वजनिक गरेको “चुरोट” गीतबाट उनले व्यापक लोकप्रियता हासिल गरेका थिए।

“सिमसिमे पानी”, “पारा”, “हामी यस्ताई त होनी ब्रो”, “यात्रा”, “हालखबर”, “काँथा” जस्ता उनका गीतहरू नेपाली युवाहरूका मन जित्न सफल भएका छन्।

उनका गीतहरूले नेपाली समाजका यथार्थता र युवाहरूको संघर्षलाई मार्मिक रूपमा चित्रण गर्दछ।
कार्यक्रमको विवरण:
* मिति: २०२४ डिसेम्बर १४
* स्थान: Atom Shinjuku, Tokyo
*  गेट खुल्ने समय: ४:३० PM (Japan Time)
* ठेगाना: 〒160-0022 東京都新宿区新宿5丁目17-138F
टिकट दर:
* अर्ली बर्ड: ¥४,०००
* नर्मल: ¥४,५००
* डोर सेल: ¥५,०००
* कपल: ¥८,०००
* VIP: ¥१०,०००
* VVIP: ¥३०,०००
थप जानकारीका लागि सम्पर्क:
* ०८०-३७३४-२८४१
* ०९०-१८१६४-७६७
* ०८०-५३२८-२१५६
* ०७०-४३१८-८०६२
* आधिकारिक जापान राइट: रकेश रुम्बा तामाङ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय