पाँच वर्षअघि पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याएका नेपाल र भारतले ग्यास ढुवानीका निम्ति पनि त्यस्तै खालको अर्को पाइपलाइन बनाउने छलफल अघि बढाएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा भारतबाट नेपालमा ग्यास आयातका लागि बनाइने भनिएको उक्त पाइपलाइनबारे एउटा प्रारम्भिक ‘इन्जिनियरिङ अध्ययन’समेत भइसकेको छ।

हालै दिल्लीमा भएको नेपालका उद्योग, वाणिज्य आपूर्तिमन्त्री र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीबीचको भेटवार्तामा पनि त्यसबारे कुराकानी भएको अधिकारीहरूको भनाइ छ।
दुवै नेताहरू उक्त योजनाबारे दुई देशबीच आगामी दिनमा हुने संयुक्त समितिहरूका बैठकहरूमा छलफल गर्ने विषयमा एकमत भएको बताइएको छ।

नेपाल आयल निगमका अधिकारीहरूले उक्त योजना चाँडै अघि बढ्ने अपेक्षा राखेको बताउँदै त्यसले नेपालको अर्बौँ ग्यास ढुवानी खर्च जोगिने बताएका छन्।

यद्यपि कतिपयले नेपालले स्वदेशमै प्रचुर सम्भावना भएको जलविद्युत् विकासमा बढी ध्यान दिनुपर्नेमा पेट्रोलियम तथा ग्यास ल्याउने पूर्वाधारमा जोड दिएको भन्दै आलोचना पनि गरिरहेका छन्।
@bbc

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय