जापानको चिबामा आयोजित एनवाईएफसी ८८४८ जापानद्वारा आयोजित प्रथम ८८४८ गोल्ड कप फुटसल टुर्नामेन्टको उपाधि टोकियोको अलस्टार एफसी ए ले हात पारेको छ।

३२टिमको प्रतिस्पर्धात्मक खेलमा अलस्टार एफसी ए ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो।

फाइनल खेलमा अलस्टार एफसी ए ले टोकियोकै लमजुङ एफसीलाई ट्राइबेकर पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। पेनाल्टीको रोमाञ्चक क्षणले दर्शकलाई दंग बनाएको थियो।


यो जित अलस्टार एफसीका लागि ऐतिहासिक मानिएको छ।स्मरण रहोस अलस्टार एफसी टिम ए लगातार ३ पटक फ़ाइनल पुदै बिजेता बनेको हो ।
यसैगरी, अलस्टार एफसी बी ले पनि सेमिफाइनलमा पुगेर उत्कृष्ट प्रदर्शन गरेको थियो। प्रतियोगितामा लमजुङ एफसीका बबिन घले उत्कृष्ट खेलाडी घोषित हुँदा, सर्वाधिक ५ गोल गरेर लमजुङ एफसीकै ईमान लामाले उच्च गोलकर्ता जिते। उत्कृष्ट गोल किपर अल स्टार ए कै प्रवीन घर्ती मगर हुन सफल भएको छ ।

विजेता टिम अलस्टार एफसी ए ले नगद ४ लाख येन प्राप्त गरेको छ भने उपविजेता लमजुङ एफसीले २ लाख येन प्राप्त गरेको छ। यसैगरी, सेमिफाइनलिस्ट टिमहरू (अलस्टार एफसी बी र मर्करी एफसी) ले ५० हजार येनका दरले पुरस्कार प्राप्त गरेका छन्। उच्च गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडीले ५ हजार येनका दरले पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको आयोजक एनवाईएफसी ८८४८ जापानका अध्यक्ष सेबक सारु मगरले प्रतियोगिताको सफल आयोजनामा खुसी व्यक्त गर्दै सबै खेलाडी, आयोजक समिति र प्रायोजकहरूलाई धन्यवाद ज्ञापन गरे।

अलस्टार एफसी ए का टिम म्यानेजर बाम लिम्बुले यो जित टिमका लागि ठूलो उपलब्धि भएको र खेलाडीहरूको मेहनत सफल भएको बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय