नेपाली पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनलाई NYFC 8848 जापान फुटबल क्लबलद्वारा सम्मान |गरेको छ ।
खेलाडी गौचनलाइ हालै टोकियोमा NYFC 8848 जापान फुटबल क्लबका खेलाडीहरुको भेलाले सम्मान पत्रसहित सम्मान गरेको NYFC 8848 का प्रशिक्षक ओम काउचा मगरले जानकारी दिनुभयो ।

नेपाली पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनको अनुभव र कौशल हामी माझ राखिदिनु भएर हामीमा नयाँ उर्जा मिलेको प्रशिक्षक मगरले बताउनुभयो । हाम्रो निमन्त्रणा स्वीकारी उपस्थिति जनाउनुभएकोमा खुसी मान्दै क्लबले हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि उहाँबाट क्लबमा आबद्द खेलाडीहरुले धेरै कुरा हरु सिक्ने र जान्न पाउने आशा गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय