टोकियो, जापान अप्रिल २९, २०२६
जापानको राजधानी टोकियोमा आगामी मे २ तारिखका दिन २५०७ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइने भएको छ। नेपाली राजदूतावास टोकियोको संयोजन तथा गैर आवासीय नेपाली संघ (NRNA) जापान र आदिवासी जनजाति महासंघ (NEFIN) जापानको संयुक्त आयोजनामा उक्त विशेष समारोह हुन लागेको हो।

शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रममा जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमको विवरण:
• मिति: २०८३ साल वैशाख १९ गते, शनिबार (२ मे २०२६)
• समय: बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
• स्थान: Reiyukai Headquarters, 7-8, Azabudai 1-Chome, Minato-ku, Tokyo 106-8644





