डायमन्ड नारिताको आयोजनामा जापानको नागारेयामा सिटीमा तेस्रो डायमन्ड कप फुटसल प्रतियोगिता हुने भएको छ।

फोरेक्स जापान रेमिटको प्रायोजनमा हुने यो प्रतियोगिता आगामी नोभेम्बर २४ तारिखमा आयोजना हुनेछ। प्रतियोगिता जेड फुटसल स्पोर्ट नागारेयामामा आयोजना हुनेछ।

प्रतियोगितामा विजेताले ४ लाख येन नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख येन नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै, सेमिफाइनलमा पुगेका टोलीहरूले ५० हजार येन नगदसहित मेडल प्राप्त गर्नेछन्।

यसबाहेक उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जारी गरिएको सुचनामा उल्लेख छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले नवम्बर १६ तारिखभित्र आफ्नो नाम दर्ता गराउन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क नम्बर ०८०-८२५७-९३९३ वा ०७०-२२१५-४६१७ मा सम्पर्क गर्न सक्नुहुन्छ।

यस प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदको माध्यमबाट सहयोग, भ्रातृत्व र जीवनभर खेलकुदको भावनालाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय