टोकियो, जापान — जापानस्थित एन एन्ड पी जापान (QS Remit) ले नेपालमा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि एक लाख जापानी येन (¥100,000) आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले उक्त रकम नेपाल सरकारअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। नेपालका विभिन्न क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिक तथा परिवारहरूले कठिन परिस्थिति सामना गरिरहेका बेला विदेशमा रहेका संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ। यसै क्रममा जापानबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको QS Remit ले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि यो सहयोग गरेको हो।

कम्पनीले विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेको छ। साथै, बाढीका कारण ज्यान तथा सम्पत्ति गुमाएका सम्पूर्ण प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूको शीघ्र राहत, पुनर्स्थापना र सामान्य जीवनमा फर्कने कामना गरेको छ।

जापानमा रहेका नेपाली समुदायलाई लक्षित गरी अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा प्रदान गर्दै आएको QS Remit ले व्यावसायिक सेवासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय योगदान पुर्‍याउँदै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय