जापानको इशिकावा प्रिफेक्चरको नोटो क्षेत्रमा अपराह्न ४ः१० मिनेटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सो क्षेत्रमा पाँच मिटर अग्लो सुनामीको सम्भावना रहेकोले सचेत रहन चेतावनी जारी गरिएको छ ।

सुनामी जापानको यामागाटा प्रिफेक्चर देखि ह्योगो प्रिफेक्चरको उत्तरी भागसम्म ,होक्काइडोदेखि नागासाकी प्रिफेक्चरको सुशिमा टापुसम्म फैलिएको छ ।वाजिमा, इशिकावा प्रान्तमा, जापान मौसम विज्ञान एजेन्सीका अनुसारअपरान्ह ४ः२१ बजे १.२ मिटरको सुनामी देखिएको थियो ।
भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन।जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ।






