नेपाल पत्रकार महासंघ जापान शाखाले १३ औं स्थापना दिवसको अवसरमा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न गरेको छ ।
जापानको चिवा स्थित नेपाली मौलिकता र कलासंस्कृति झल्कने गरी निर्मित हातेमालो हाउसमा जापानमा क्रियाशिल ३३ जना पत्रकारको सहभागितामा फोटो तथा भिडियो पत्रकारिता तालिममा सहभागिता जनाएका थिए ।
पत्रकारहरुको क्षमता अभिवृध्दि गर्ने उदेश्यले आयोजित तालिमको सहजिकरण डाक्टर तोसिआकि ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गर्नुभएको थियो ।
तालिमको समापनका अवसरमा बोल्दै जापानका लागि नेपालि राजदुत डाक्टर दुर्गा बहादुर सुवेदिले जापानमा क्रियाशिल पत्रकारले समाजको हितका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समाजलाई नकरात्मक असर नपर्ने गरि समाचार संप्रेषण गर्दा ध्यान दिनपनि आग्रह गर्नुभयो ।
स्थापना दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्दिका लागि तालिमका साथै आत्मियता र भाईचाराका लागि बार्बिक्यु पार्टीको समेत आयोजना गरिएको थियो ।





