टोकियो/जापान। यहि मे १२ तारिख टोकियोमा आयोजना हुने गुरुङ समाज जापानको प्रथम अधिवेशनको तयारी पुरा भएको बताईएको छ।

जापानवासी तमाम् गुरूङहरुको साझा र अपनत्व महसुस हुने गरी स्थापना गर्न गईरहेको संस्था गुरुङ समाज जापानको “भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ जापानवासी सम्पुर्ण गुरूङहरूको एकता र समृद्धिको निम्ति प्रथम ऐतिहासिक अधिवेशन – २०२४ सभ्य, भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको अधिवेशन समारोह मुल आयोजक समितिका सचिव मोती गुरुङले जानकारी दिएका छन् । ।

मे १२ तारिख बिहान ११ बजे,टोकियोको सिनओकुबोस्थित नेपाली मुराहल सोलमारीमा आयोजना हुन लागिरहेको महाधिबेशनको प्रमुख अतिथिको रुपमा नेपालबाट तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समिति,संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ र तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका सह-महासचिव मनोज गुरूङले विशेष अतिथिको रुपमा सम्बोधन गरिने संयोजक युवराज गुरुङले जानकारी दिनुभयो ।

नेपालका आदिवासी जनजाति गुरुङहरु अहिले विश्वभर छरिएर रहेका अवस्थामा छन् ।आफ्नो पैतृक थलो नेपालबाट विभिन्न पेशा व्यवसायको क्रममा जापानमा आएर स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका सम्पूर्ण गुरुङहरु विच सद्भाव एवं भातृत्व अभिवृद्दि गर्न र उनिहरुको “प्ये ताँ ल्हु ताँ”मा आधारित भाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण र संबर्द्धन गर्दै सामाजिक आर्थिक बिकास गर्नको निम्ति सङ्गठित रुपले अगाडि बढ्न एक सामाजिक संस्थाको आवश्यकता महसुस भएकोले “तमु समाज जापान”को विधिवत स्थापना र सञ्चालनको लागि यो कदम चालिएको बताईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय