नेपालमा पहिलो पटक याक भलिबल कप आयोजना हुने भएको छ । सोलुखुम्बु जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित उत्कृष्ट पर्यटकिय स्थल घ्याङखर्क पिक समुन्द्री सतहबाट ३७०० मीटर उचाईमा यही वैशाख १० र ११ गते प्रतियोगिता हुने भएको छ ।

हिमाली क्षेत्रको गहना याक चौरी लोपोन्मुख अवस्थामा रहेको सन्दर्भमा यसको संरक्षणमा सबैको ध्यान आकर्षण गर्ने हेतुले ” Protect the Yak, Save the Himalaya” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको छ । याक र चौरीले हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षण सँगै विभिन्न जातजातिको संस्कार संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ। त्यसो हुँदा याक र चौरीको अस्तित्व संङ्कटमा पर्दा सिङ्गो हिमाली क्षेत्र अस्तित्व माथि नै प्रश्न चिन्न खाडा हुने देखिन्छ ।

याक तथा चौरी व्यवसायी संघ नेपालको मुख्य आयोजना तथा घ्याङखर्क चौरी फर्म सह- आयोजनामा सम्पन्न हुन लागिएको याक भलिबल कप प्रतियोगितामा सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, केपिलासगडी गाउँपालिका, ऐंसेलुखर्क गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाबाट महिला / पुरुष भलिबल टिम सहभागी हुने भएको छ ।

हिमाली क्षेत्रको गहना याक चौरी

हिमाली क्षेत्रको गहना याक चौरी

कोशी प्रदेश पर्यटन,बन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न हुन लागिएको “घ्याङखर्क चौरी महोत्सव” मा आयोजित महिला पुरुष प्रथम ऐतिहासिक याक कप भलिबल प्रतियोगतामा प्रथम, द्वितीय तृतीय र सान्त्वना हुने टिमले सिल्ड मेडल र प्रमाणपत्र सहित क्रमश : रु.३०,०००/-, रु.२०,०००/- ,रु.१०,०००/- र रु.५,०००/- पुरस्कार प्राप्त गर्नेछन् ।

 

कोशी प्रदेश सभा सदस्य माननीय गोम्बु शेर्पा कर्ज्याङको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागिएको ” घ्याङखर्क चौरी पर्यटन महोत्सव” मा कार्यक्रमको आकर्षणको रुपमा याक भलिबल कप प्रतियोगिता,चौरी कृषक तथा जैविक विविधता संरक्षक सम्मान, प्याराग्लाइडिङ उडान, याक ट्रेकिङ ट्रेल उत्घाटन, चौरी र जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया सँगै खोटाङ जिल्ला र सोलुखुम्बु जिल्लाको जनप्रतिनिधिहरु बीच साझा अवधारणा बनाई आगामी दिनमा निरन्तर घ्याङखर्क चौरी महोत्सव आयोजना गर्न छलफल गरी आगामी योजना तर्जुमा गरिने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय