
जापानका चर्चित अभिनेता निशिदा तोशियुकीको ७६ वर्षको उमेरमा निधन भएको छ। बिहीबार उहाँलाई टोकियोस्थित आफ्नै निवासमा बेहोस अवस्थामा फेला पारिएको थियो।
विभिन्न प्रकारका भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल निशिदा सन् १९७० देखि नै चलचित्र र नाटक क्षेत्रमा सक्रिय थिए। उनी हास्य भूमिकादेखि लिएर खलनायकको भूमिका समेत निर्वाह गर्न सिपालु थिए। सन् १९९३ मा यामादा योजी निर्देशित चलचित्र “गाक्को” मा उनले निभाएको भूमिकाका लागि उनले जापान एकेडेमी अवार्ड जितेका थिए।

“त्सुरिबाका निस्शी” जस्ता लोकप्रिय चलचित्र श्रृङ्खलामा उनले मुख्य भूमिका निर्वाह गरेका थिए। त्यस्तै, एनएचकेको ऐतिहासिक ड्रामा “तोबु गा गोतोकु” मा उनले ऐतिहासिक नेता साइगो ताकामोरीको भूमिका निभाएका थिए। एडो युगका शासक तोकुगावा योशिमुनेको बारेमा बनेको अर्को एनएचकेको ऐतिहासिक ड्रामामा पनि उनले मुख्य भूमिका निर्वाह गरेका थिए।
निशिदा विभिन्न टेलिभिजन कार्यक्रममा पनि देखिने गर्थे। उनी एक जना सफल गायक पनि थिए। उनको गीत “मोशिमो पियानो गा हिकेतानारा” निकै लोकप्रिय भएको थियो।
निशिदाको निधनले जापानी चलचित्र क्षेत्रमा शोक छाएको छ।
source :NHKJapan