एकता, भाईचारा र परदेशको दुःख-सुख बिसाउन लमजुङ समाज जापानले बार्बेक्यु पार्टी गर्ने भएको छ ।
समाजले आउने में ५ तारीख आईतवार बार्बेक्यु कार्यक्रम गर्ने जनाएको हो। समाजले लमजुङबाट अध्ययन, पेशा- व्यवसायी, काम वा अन्य सिलसिलामा जापानमा आई बसोबास गर्ने सम्पूर्ण लमजुङेहरू कार्यक्रममा सहभागिताको लागि आवाहन गरेको छ ।

समाजले सबैसंग भेंट्घाट एवम भाईचारा सम्बन्धलाई बढ़ाऊँन एउटा माध्यम बनाउने उदेस्यले बार्बेक्यु कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष गुनीमाया गुरुङले जानकारी दिनुभयो ।

उहाले हरेक बर्ष झै यो बर्ष पनि बार्बेक्यु कार्यक्रम आयोजना गरिएको हुँदा उत्साहजनक रुपमा कार्यक्रममा सहभागी हुन जापानबासी सम्पूर्ण लमजुङे तथा सम्पूर्ण नेपालीहरूलाई आवाहन गर्नु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय