मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मुख्य तीन दलबीच सहमति भएको छ ।

हिजो बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो । बहुमत सांसदको हस्ताक्षर भएपछि मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ ।

१ सय ७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, नेकपा (माओवादी केन्द्र) को ९, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) को ८ र नेकपा (एकीकृत समाजवादी) काे ७ सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय