अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पीडीकेएस विश्वविद्यालयले नेपाली पर्यटन व्यवसायी तथा समाजसेवी मिङ्मा दोर्जे शेर्पालाई एसियाका लागि मानवतावादी गतिविधि सल्लाहकारको रूपमा नियुक्त गरेको छ।

यो नियुक्तिको माध्यमबाट विश्वविद्यालयले एसियामा मानवीय सेवाका क्षेत्रमा शेर्पाको उल्लेखनीय योगदानलाई सम्मान गरेको छ।

इन्डोनेसियाको जकार्तामा आयोजित एक विशेष समारोहमा शेर्पालाई यो जिम्मेवारी प्रदान गरिएको हो।

पीडीकेएस विश्वविद्यालयले विश्वभर मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको छ र शेर्पाको अनुभवले यस क्षेत्रमा थप टेवा पुग्ने विश्वास लिएको छ।

शेर्पाको लामो समयदेखिको सामाजिक कार्य र पर्यटन क्षेत्रमा गरेको योगदानलाई मध्यनजर गर्दै विश्वविद्यालयले उहाँलाई यो जिम्मेवारी दिएको हो।

विश्वविद्यालयका प्रतिनिधिले भने, “शेर्पाको नेतृत्व र अनुभवले हामीलाई एसियामा मानवीय सेवाका क्षेत्रमा थप प्रभावकारी बनाउन मद्दत गर्नेछ।” शेर्पाले यस नियुक्तिका लागि विश्वविद्यालयलाई धन्यवाद दिँदै आफूले यो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय