टोकियो

जापानको फुकुओका शहरमा जापानिज भाषा बिद्यार्थी भिषामा रहेका नेपाल मोरङ घर भएका अधिकारी थरका  एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।

नया बर्षमा आयोजना गरिएको एक कन्सर्ट पछि बेपत्ता भएका उक्त नेपाली बिद्यार्थी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाईएको छ ।

फुकुओका स्थित निसिनिहोन जापानिज भाषा बिद्यालयमा अध्यायन गर्ने नेपाली बिद्यार्थीको हत्या भएको हुन सक्ने भन्दै स्थानिय फुकुओका प्रहरीले छानविन गरिरहेको छ ।

मृतकको शरिर र टाउकोमा गम्भिर चोट लागेको अवस्थामा उपचार भएको थियो । मृतक नेपाली युवाको क्रिटिकल अवस्थामा सघन कक्षमा उपचार भएपनि उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।

नेपाली राजदूतबास टोकियोले मृत्युको कारण पत्ता नलागेपनि नेपाली बिद्यार्थीको मृत्यु भएको जानकारी दिएको छ ।
source:nispaksyanews

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय