पुर्ण ट्रेडिङ एण्ड नेपाली फुड्सले जापानमा नेपाली खाना, उत्पादन र बियरको ब्रान्ड लन्च गर्दै जापानी बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ।

हिजो, सोमबार, ११ नोभेम्बर २०२४ मा टोकियोको सिनओकुबोस्थित बाम्बु नेपाली रेस्टुरेन्टमा आयोजित एक भव्य कार्यक्रममा यो घोषणा गरिएको हो। आयोजकका अनुसार, यस पहिलो चरणमा ३०० भन्दा बढी नेपाली परिकारहरू जापानी बजारमा प्रवेश गर्नेछन्।

कार्यक्रममा उपस्थितले नेपाली परिकार र बियरको स्वाद लिएर उत्साह व्यक्त गरेका छन्। यस कार्यक्रमलाई नेपाली खाद्य उत्पादनलाई विश्व बजारमा चिनाउने एउटा महत्वपूर्ण पाइलाको रूपमा लिइएको छ।

कार्यक्रममा पुर्ण ट्रेडिङ जापानका सीईओ टिका श्रेष्ठ, नेपाल फुड्सका सीईओ बिकास नेपाललगायत जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, एनआरएनका प्रतिनिधि, नेपाली व्यापारी संघका पदाधिकारीहरु र जापानी नागरिकहरूको उपस्थिति रहेको थियो।

नेपाल फुड्सका सीईओ बिकास नेपालले ब्रान्डका बारेमा विस्तृत जानकारी गराउँदै जापानी बजारमा नेपाली उत्पादनले स्थान पाउँदा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय