नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति ओकिनावाको दोस्रो क्षेत्रीय अधिवेशन हिजो डिसेम्बर १० तारिख अर्थात आइतबार सम्पन्न भएको छ ।“प्रगतिशील प्रवासीहरुमा एकता नेपाली जनप्रगतिशील मञ्च आजको अवश्यकता” ‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ संसारका मजदूरहरु एक हौ।भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन भएको थियो ।
मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति ओकीनावाको दोस्रो क्षेत्रीय अधिवेशनमा सहभागी भेलालेअधिवेशनले आगामी (२०२३-२०२५)कार्यकालको लागि ज्ञान कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्ष सागर पौडेल,उपाध्यक्षमाबिश्व नाथ यादब,सचिवमा प्रबीन श्रेष्ठ,स-सचिवमा अनिल पौड़ेल,कोषाध्यक्षमा देवराज कंडेल,स-कोषाध्यक्षमा इश्वरी बि.क रसदस्यहरुमा क्रमश राज कुमार बुढा,सिमाना बुढा,अनिल कार्की,समीक्षा वली,प्रकाश छेत्री,शुशान्त केसी र राज कुमार बस्नेत चयन भएको नेपाली जनप्रगतिशील मञ्च जापानका केन्द्रिय उपमहासचिव तथा ओकिनावा क्षेत्रको इन्चार्ज दावा लामाले जानकारी दिनुभएको छ ।
ओकिनावा स्थित नमस्ते गाउँले रेष्टुरेन्ट नाहा वाकासा २-३-१५ हिकारी सोऊजी बिल्डिंगमा दिउसो ३ बजेदेखि भएको कार्यक्रम नेपाली जनप्रगतिशील मञ्च जापानका केन्द्रिय सल्लाहकार सालिक राम भन्डारीको र केन्द्रिय उपमहासचिव तथा ओकिनावा क्षेत्रको इन्चार्ज दावा लामा लगायत पार्टीप्रति आस्थावान युवाहरुको सहभागिता रहेको थियो ।





