नेपाल पत्रकार महासंघ,(एफएनजे) जापानले संस्था स्थापनाको १३औं वर्षगाठको अवसरमा जापानमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जापानी तथा नेपाली दक्ष प्रशिक्षकबाट ‘फोटो तथा भिडियो पत्रकारिता तालिम‍सहित बिबिध मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने महा‍संघका उपाध्यक्ष तथा कार्यक्रम ‍संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

महा‍‍संघले स्थापना दिवस कै अवसरमा महासंघका सल्लाहकारसहितको बैठक, बार्बेक्यु पार्टीको साथमा नाँचगान तथा मनोरन्जनात्मक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष शान्त पहारीले जानकारी दिनुभएको छ ।

मार्च १० तारिख (आईतबार)का दिन दिउसो १ बजे चिवा केन स्थित ‍साकुरासी १४४ हातेमालोमा हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागि जापानबासी सबै नेपाली पत्रकारहरुलाइ अनुरोध नेपाल पत्रकार महासंघ जापानले अनुरोध गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय