ओसाका-कान्साई विश्व प्रदर्शनी सुरु भएको १० दिनसम्म पनि नेपालको प्याभिलियन खुल्न नसक्दा अन्योल सिर्जना भएको छ। प्राप्त जानकारी अनुसार, निर्माण कम्पनीलाई समयमै भुक्तानी नभएका कारण प्याभिलियनको निर्माण कार्य रोकिएको छ।

नेपालले आफ्नै लगानीमा प्याभिलियन बनाइरहेको भएता पनि, निर्माण कम्पनीलाई आंशिक रकम पनि नदिइएकाले यो वर्षको जनवरीदेखि काम पूर्ण रूपमा बन्द भएको बताइएको छ।

प्रदर्शनीका आयोजक र निर्माण कम्पनीले नेपाल सरकारलाई धेरै पटक सम्पर्क गरे पनि ‘तोकिएको मितिमा पैसा दिने’ भन्ने जवाफ आएको तर समय बिते पनि भुक्तानी नभएकोले निर्माण कार्य कहिले सुरु हुन्छ भन्ने निश्चित छैन।

प्रदर्शनी आयोजकका अनुसार, नेपाल सरकारले आफ्नो देशको आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै भुक्तानी गर्न नसकेको बताएको छ। यद्यपि, नेपालले प्रदर्शनीमा भाग लिने इच्छा भने देखाएको छ। तर, यस विषयमा नेपालको दूतावासले योमिउरी टेलिभिजनसँग कुरा गर्दा अहिले कुनै प्रतिक्रिया दिन नमिल्ने बताएको छ।

नेपालसँगै भारत, भियतनाम र ब्रुनेईका प्याभिलियनहरू पनि अहिलेसम्म खुलेका छैनन्, जसले गर्दा प्रदर्शनीमा आएका दर्शकहरू निराश भएका छन् र आयोजकलाई पनि समस्या भएको छ।
@yahoojapan

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय