बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मूल नाराका साथ निलुवा समाज जापानको पॅाचौ अधिवेशनबाट सर्बसहमति रूपमा मोहनराज सुबेदी निर्वाचित हुनुभएको छ ।
सन् २०१५ मा गठित निलूवा समाज जापानको वरिष्ठ उपाध्यक्ष हरि सुबेदी उपाध्यक्षमा जी .आर. सुवेदी, दीपक सुबेदी विप्लव, महासचिव भूमिराज सुवेदी, सचिवमा विष्णुप्रसाद सुवेदी, ( जलन )निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य तुलसीराम सुबेदी ले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाको कोषाध्यक्षमा ,भूमिराज सुवेदी (विष्णु)सह–कोषाध्यक्षमा अन्जान सुवेदी,युवा संयोजकमा शिवलाल सुवेदी र सदस्यहरूमा दिनेश सुबेदी , केशव सुनार , सुशील सुबेदी ,ईश्वर सुबेदी , नारायण सुबेदी , अङ्कित सुबेदी चयन हुनुभएको छ ।
नेपालबाट जापानको छोटो भ्रमणमा आउनुभएका ग. न. पा ४ चमुवाका नि. वर्तमान शिक्षक हरिलाल शर्माको प्रमुख आतिथ्य र संस्थाका संस्थापक अध्यक्ष .संरक्षक भेजीन्द्र सुवेदी , थम बहादुर क्षेत्रीको बिशेष आतिथ्य र अतिथिमा संस्थाका सल्लाहकार विष्णु सुवेदी रहनुभएको कार्यक्रम महासचिव भूमिराज सुवेदीले गर्नुभएको थियो ।
उपस्थित अतिथिहरुलाइ उपाध्यक्ष जी. आर. सुवेदीले स्वागत मन्तब्यमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले कर्मभूमिमा रहेरपनि आफ्नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पुरा गरेको कर्तव्यले आउने पुस्तालाई प्रेरणा र हौसला र समाज मा प्रेरणादायक मिल्ने खालको व्यवस्थित योजनामार्फत सशक्त ढङ्गले कार्यक्रमहरु सञ्चालन गर्नको लागि आग्रह गर्नुभयो ।
प्रमुख अतिथि हरिलाल सुवेदीले निलुवा समाज जापानले स्थापनाकाल देखि निरन्तर रुपमा जन्मभूमि र देशप्रतिको माया ममता, एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट गाउँमा समाज मा गरेको उल्लेखनीय योगदान र विभिन्न क्षेत्रमा (शिक्षा ,स्वास्थ्य आर्थिक सहयोग,पर्यटकीय क्षेत्र )मा गरेको सहयोग लाई स्मरण गर्दै संस्थालाई आभार व्यक्त गर्नुभयो । संस्थाले भोलीका दिन मा पनि निरन्तरता दिन आग्रह गर्दै आज सम्म गरेको कार्यप्रति संस्थालाई कृतज्ञता ज्ञापन गर्दै सम्पूर्ण लाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।
अधिवेशनमा महासचिव भूमिराज सुबेदीले प्रगति प्रतिवेदन र कार्यभाग कोषाध्यक्ष भूमिराज सुवेदी (विष्णु)ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम समापन संस्थाका अध्यक्ष मोहनराज सुबेदीले गर्नु भएको थियो ।
निलुवा समाज चमुवा जापान विशेष गरी बागलुङ जिल्लाको गलकोट नगरपालिका- ४ चमुवाबाट जापानमा पुगेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरूको साझा संस्थाको रुपमा छोटो समयमा नै जापानवासी नेपालीबिच लोकप्रिय संस्थाको रुपमा परिचित हुँदै आएको छ ।





