
पूर्वि नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा कमेडी तथा म्युजिकल कन्सर्ट सम्पन्न भएको छ ।
हिजो जुलाइ २८ तारिख आइतबारको दिन साँझ ७ बजेबाट नाकानोको जेरो हलमा नेपालका लोकप्रिय कलाकारहरु मनोज गजुरेल (कमेडियन),धिरज राई ,एलिना चौहान (गायिका),बिष्णु सापकोटा (लोक दोहोरी ),डिज राज ( गायक)को साथमा स्थानिय कलाकार र जापानिज ब्याण्डले सांगितिक प्रस्तुति देखाएका थिए ।
कन्सर्ट ‘समुदायमा शिक्षा’ तथा ‘विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रम’ सञ्चालनार्थ आयोजना गरिएको केन्द्रका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।समुदायमा शिक्षा अभियान सञ्चालनका लागि पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान मातहतमा एउटा छुट्टै स्वतन्त्र संरचना बनाइने छ भने आधारभूत विद्यालय तहमा बढी विद्यालय छाड्ने समुदायको पहिचान र छनोट गरी कार्यक्रम लागू गरिने छ । स्थानीय सरकार र विद्यालयसँग समन्वय गरेर अतिरिक्त क्रियाकलाप, खेलकुद, स्वास्थ्य र सरसफाइ सम्बन्धी जीवनोपयोगी सिकाइलाई महत्त्व दिइने संस्थाको भनाई छ ।
विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रमअन्तर्गत केन्द्रले सिधै वा स्थानीय संघसंस्था तथा क्लबसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । जसअनुसार अति विपन्न ३० परिवारलाई पशुपालन गर्न १५ हजारसम्म सहयोग गरिने छ । २ वर्षपछि सहयोग प्राप्त परिवारले एक नयाँ परिवारलाई आफूले लिएको सहयोग संख्याको पाठो सहयोग गर्नुपर्ने कार्यक्रमको ढाँचा हुने केन्द्रले उल्लेख गरेको छ ।
नेपाली दुताबासका महामहिम राजदूत दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्य र पूर्वि नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष अमित गौतमको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा केन्द्रका सचिव भुवन निरौलाले अतिथिहरुलाइ शब्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको संचालन रविन शर्मा प्रहार पौडेल र सबु भुजेलले गरेका थिए । कार्यक्रममा सहयोग गर्ने स्पोन्सरहरुलाइ प्रशंसा पत्रद्दारा सम्मान समेत गरिएको थियो ।
पुर्वी नेपालबाट जापानमा बिभिन्न भिषामा आएर बसोबास गरिरेहका पुर्वेलीहरुको साझा संस्थाले प्रथम पटक आयोजना गरिएको यो कार्यक्रममा पुर्व देखि पश्चिमसम्मका र हरेक समुदाय र कलाकारिताको बिधालाइ प्रतिनिधित्व गर्ने कलाकारहरु आमन्त्रित गराइएकोले कार्यक्रममा आयोजकले अपेक्षा गरेभन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहेकोले थियो ।