टोकियो, जापान — जापानमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘QS Remit’ ले डिजिटल माध्यमबाट नेपाल पैसा पठाउने प्रक्रियालाई थप सहज र सुविधाजनक बनाउने उद्देश्यले आफ्नो सेवा तथा मोबाइल एप विस्तार गरेको छ।

जापानबाट नेपाल पैसा पठाउने नेपाली समुदायको संख्या बढ्दै जाँदा डिजिटल माध्यमबाट छिटो, सहज र पारदर्शी रूपमा रेमिट्यान्स कारोबार गर्न सकिने सेवाको आवश्यकता पनि बढेको छ।

‘QS Remit’ ले ग्राहकलाई मोबाइल एपमार्फत रेमिट्यान्स कारोबार गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ। एपमार्फत ग्राहकले रेमिट्यान्स पठाउन, दैनिक विनिमय दर हेर्न तथा आफ्नो कारोबारको विवरण लिन सक्नेछन्।

कम्पनीको डिजिटल सेवाअन्तर्गत ‘वालेट’ (Wallet), ‘लोड एन्ड रेमिट’ (Load & Remit), ‘रेमिट एन्ड अर्न पोइन्ट्स’ (Remit & Earn Points) तथा ‘रिफर एन्ड अर्न पोइन्ट्स’ (Refer & Earn Points) जस्ता सुविधाहरूलाई प्राथमिकतामा राखिएको छ। ग्राहकले आफ्नो वालेटमा रकम जम्मा गरी उपलब्ध प्रक्रियाअनुसार नेपाल पैसा पठाउन सक्नेछन्।

“ग्राहकले रेमिट्यान्स कारोबार गर्दा जम्मा भएका पोइन्टहरूलाई नै रकमका रूपमा प्रयोग गरेर पुनः रेमिट गर्न सक्नुहुन्छ। यसले नियमित रूपमा ‘QS Remit’ प्रयोग गर्ने ग्राहकलाई थप फाइदा पुग्नेछ,” कम्पनीका म्यानेजर विकास गुरुङले भन्नुभयो।

त्यस्तै, ‘QS Remit’ ले ‘लसन’ (Lawson) एटीएमबाट वालेट लोड गर्दा एटीएम शुल्क निःशुल्क (ATM charge-free) हुने व्यवस्था मिलाएको छ। यसले जापानमा रहेका ग्राहकलाई आफ्नो रेमिट्यान्स कारोबारका लागि रकम व्यवस्थापन गर्न थप सहज बनाउने कम्पनीको विश्वास छ।

कम्पनीको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि रिवार्ड तथा पोइन्ट प्रणाली पनि आकर्षणको अर्को पक्ष बनेको छ। कम्पनीले एप डाउनलोड गर्ने नयाँ ग्राहकलाई ६०० येन (¥600) बराबरको पोइन्ट बोनस उपलब्ध गराउने योजना सञ्चालन गरिरहेको छ। साथै, मोबाइल एपमार्फत रेमिट्यान्स कारोबार गर्दा पोइन्टहरू प्राप्त गर्ने तथा साथीभाइलाई रिफर गरेर थप पोइन्ट कमाउन सकिने सुविधा पनि राखिएको छ।

कम्पनीका अनुसार यस डिजिटल सेवाको मुख्य उद्देश्य जापानमा रहेका नेपाली ग्राहकलाई “सेन्ड मनी, सेन्ड ह्यापिनेस” (Send Money, Send Happiness) भन्ने अवधारणाअनुसार सहज, सरल र आधुनिक रेमिट्यान्स अनुभव प्रदान गर्नु हो।

हाल ‘QS Remit’ मार्फत नेपालका जुनसुकै बैंक खातामा रकम जम्मा गर्नुका साथै मोबाइल वालेट तथा क्याश पिकअप (Cash Pickup) मार्फत पनि रकम प्राप्त गर्न सकिने सुविधा छ। यसले नेपालमा रहेका परिवार तथा आफन्तलाई आफ्नो आवश्यकता र सुविधा अनुसार रकम प्राप्त गर्ने माध्यम छनोट गर्न सहज बनाएको छ।

कम्पनीले आगामी दिनमा जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदायसम्म आफ्नो सेवा विस्तार गर्दै ग्राहकको आवश्यकता र सुझावअनुसार डिजिटल रेमिट्यान्स सेवामा थप सुधार गर्दै लैजाने जनाएको छ।

‘QS Remit’ जापानबाट नेपाल पैसा पठाउन चाहने ग्राहकलाई लक्षित गर्दै डिजिटल रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनी हो। कम्पनीले मोबाइल एपमार्फत रेमिट्यान्स कारोबारलाई सहज बनाउने तथा ग्राहकलाई थप मूल्य (Value) प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल तथा रिवार्डमा आधारित सुविधाहरू सञ्चालन गर्दै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय