
शेर्पा संघ जापानको आयोजनामा बृहत फड्डी सॉझ २०२४ आयोजना हुने भएको छ ।
आउदो अगष्ट ११ तारिख आईतबारका दिन टोकियो सिनओकुबो स्थित रोयल गार्डन रेष्टुरेन्टमा बिहान ११ बजेदेखि बेलुकि ८ बजेसम्म आयोजना हुन गइरेहको कार्यक्रममा शेर्पा समुदायका चर्चित कलाकार तथा खिजिदेम्बा गाँउपालिका ओखलढुंगाका अध्यक्ष गोम्बु शेर्पा र मिस शेर्पा फस्ट रनरअफ ल्हमु शेर्पालाइ नेपालबाट आमन्त्रण गर्ने निर्णय भएको शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।
अध्यक्ष शेर्पाका अनुसार कार्यक्रममा कलाकारहरु दावा के शेर्पा सोनाम कहानी शेर्पा डिजे नवीन लामाको प्रस्तुतिसंगै हिमाली शेर्पा जातिहरुको मौलिक श्याब्रु नृत्य, एकल नृत्य ,अन्य कलाकारहरूको प्रस्तुति हुने भएको छ ।
औपचारिक रूपमा सम्पन्न हुन लागिरहेको कार्यक्रममा जापानबासी सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरू लाई भरपुर मनोरन्जन दिलाउने कार्यक्रम रहेकोले सबै जापानबासी शेर्पा तथा अन्य नेपालीहरुलाइ उपस्थितिको लागि आयोजक शेर्पा संघ जापानले अनुरोध गरेको छ ।
के हो फड्डी चाँड र कसरी मनाइन्छ ?
फड्डी हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको ग्रीष्मकालीन चाडपर्व हो । यो चाड दथो (चन्द्रमास) पात्रोअनुसार छैटौं महिनामा पर्छ भने नेपाली महिना श्रावणमा पर्छ ।
चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा गुर्जे फग भन्ने तिथि आउँछ । यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ ।
यो एक हप्ताको हुन्छ। यस अवसरमा शेर्पाहरूले फड्डी मनाउने चलन छ । यस चाडमा सबै उमेर समूहको मानिसहरू एकै ठाँउमा भेला भई एक अर्कामा खुसी साटासाट गर्ने र सहभोज खाने चलन छ ।
यो चाड मनाउनको लागि परम्परागत रूपमा समिति छनोट गरिएको हुन्छ । यसलाई फड्डी लावा भनिन्छ । यो चाड तीन दिनदेखि सात दिनसम्म मनाउने चलन छ । यो चाडमा शेर्पा समुदायको परम्परागत सामूहिक श्याब्रु नृत्य तथा शेर्पा लोक गीतहरू जलु, ठलु आदि गाउने परम्परा छ । चाड मनाइ सकेपछि अर्को वर्षको लागि आयोजक समिति छनोट गरिन्छ ।
समिति छनोटपछि नयाँ आयोजक समितिलाई स्वागत तथा पुरानो आयोजक समितिलाई खातक खादा) द्वारा बिदाइ गर्ने चलन छ । तर हिजो आज यो चाड लोप हुँदै एको पाइन्छ ।
(यो जानकारी मुलक सामग्री लेखक सेर्कु शेर्पाद्वारा लिखित पुस्तकबाट लिइएको हो ।)