काठमाडौँ – शेर्पा संघ दक्षिण कोरियाको अध्यक्षमा दोर्ची शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ । सउल जिहेङ स्थित नागार्जुन गुम्बा दक्षिण कोरियामा शनिवार भएको पाँचौ महाधिवेशनबाट शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

जनजाति महासंघ कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता सम्पन्न पाँचौ महाधिवेशनबाट दोर्ची शेर्पालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको निर्वतमान अध्यक्ष थुतुङ गेल्जी शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा  प्रेम लक्की शेर्पा, उपाध्यक्षमा ङवाङ सोनाम शेर्पा, महासचिवमा दोर्जी शेर्पा, सचिवमा फुरतेम्ब शेर्पा, कोषाध्यक्षमा पासाङ काजी शेर्पा र सदस्यहरूमा पासाङ शेर्पा, साङ्गे रिन्जी शेर्पा, सोनाम शेर्पा  निर्वाचित भएको छ । अरु सदस्यहरू भने पछि थप गर्ने निर्णय भएको निर्वतमान अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा धर्म गुरु, दक्षिण कोरियामा रहेको जातीय संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधि, शेर्पा संघ  दक्षिण कोरियाको सल्लाहकार, आजीवन सदस्यहरू साथै कोरियामा रहेको शेर्पा हरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय