जापानको कोबेमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी ङवाङ ठिले शेर्पाको मंगलबार निधन भएको छ। शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाका अनुसार शेर्पाको निधन कोबे हस्पिटलमा भएको हो।

नेपालको सोलुखुम्बु (तिङ्ला) सेतोमने घर भएका शेर्पा तीन वर्षअघि अध्ययनका लागि जापान आएका थिए। उनको निधन रक्त क्यान्सरका कारण भएको बताइएको छ।

शेर्पाको पार्थिव शरीर हाल कोबे शिंकाइचीमा राखिएको छ। भोलि बिहीबार  शेर्पा समुदायको परम्पराअनुसार लामाको उपस्थितिमा उनको अन्तिम संस्कार कोबे शहरमै गरिनेछ।

शेर्पाको निधनले नेपाली समुदायमा शोक छाएको छ। शेर्पा संघ जापानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय